वालिङ नगरपालिकाद्वारा बजेट सार्वजानिक


मणीप्रसाद अर्याल
वालिङ,१३ भदौ- वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ ।
पछिल्लो समयमा बजेटको विषयमा विभिन्न टिकाटिप्पणी आईरहेको बेला नगरपालिकाले नगरको बजेटको विवरण पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले उठाएका विषयहरुमा नगरप्रमख खांणले वालिङ नगरपालिकाको विकास र समृद्धिको लागि सवै एकजुट हुनुपर्ने, साना मसिना कुराम विवाद तर्फ लागियो भने सिंगो नगरपालिका असफल हुने बताउदै बजारमा आएको हल्ला जस्तो नभइ बजेट विधि र प्रक्रियाबाट आएको जानकारी दिनुभयो ।
आम्दानी शीर्षकमा आन्तरिक र संघिय तर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शीर्षकको ६ करोड, गत वर्षको अल्या ९ करोड ६६ लाख ९३ हजार २४१, संघिय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानमा १५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ८५ लख, विषेश अनुदान तथा चालु पुँजीगत १ करोड २० लाख र शर्सत अनुदान चालुतर्फ ४२ करोड ४ लाख ७५ हजार ५०० रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदानमा २ करोड १० लाख २२ हजार, समपुरक अनुदानतर्फ १ करोड, राजस्व बाँडाफाँड सवारी साधानतर्फ १ करोड ५७ लख २६ हजार, राजस्व बाँडफाँड दहत्तर बहत्तर तर्फ ६० लाख, घरजग्गा रजिटे्रशन १ करोड, विज्ञापन कर बापत १ लाख ९८ हजार गरी कुल ६ करोड २९ लाख ४६ हजार रहेको छ । यसरी आम्दानी तर्फ संघिय, आन्तरिक र प्रदेश गरी कुल ९६ करोड १४ लाख १४ हजार ७४१ रकम रहेको छ ।


तयस्तै खर्चतर्फ संघिय आयोजना तथा कार्यक्रम तर्फ ४६ करोड ९ लाख ७५ हजार ५००, प्रदेश सरकार समानीकरण अनुदानतर्फ २ करोड १० लाख २२ हजार, बजेट उप शीर्षक वित्तिय समानीकरण अनुदानतर्फ १५ करोड १० लाख, राजस्व बाँडफाँट सवारी साधन प्रदेश सरकारतर्फ १ करोड ५७ लाख २६ हजार, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, दहत्तर बहत्तर, ढुंगा गिटी बालुवा, विज्ञापनतर्फ ६१ लाख ९८ हजार, विपद व्यवस्थापन १ करोड, आन्तरीक स्रोत अल्या समेत तर्फ १५ करोड ६६ लाख ९३ हजार २४१, मर्मत सम्भार कोष खाता संचालन हुने योजनाहरुतर्फ ६३ लाख गरी ९६ करोड ७७ लाख १४ हजार ७४१ रुपैँयाको बजेटको विवरण नगरप्रवक्ता पदमराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

ताजा

test

२०८२ जेष्ठ ५ गते, सोमबार

test

२०८२ जेष्ठ ५ गते, सोमबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal