भीरकोटले बाढी पहिरो प्रभावितलाई राहत दि

अर्जुन काफ्ले
स्याङ्जा,११ साउन- भीरकोट नगरपालिकाले मनसुनसँगै बाढी पहिरोले मानविय क्षति एवम् अन्य क्षति पुगेको परिवारलाई राहत दिने भएको छ । मानवीय क्षतिलाई एक लाख, घर पूर्ण क्षतिलाई ५० हजार, गोठ पूर्ण क्षतिलाई ३० हजार, शाैचालय पूर्ण क्षतिलाई निर्माण सामग्री पाँच हजार, लैनो भैंसी मरेको २५ हजार, थारो भैँसी मरेको भए १० हजार र बाख्रो मरेको भए पाँच हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको हो ।
पालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले निर्णण गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले बतउानुभयो । पालिकाभित्र यो वर्षमा भएका विपद्जन्य घटना तथा सो बाट प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापना सम्बन्धमा छलफल गरेर निर्णय गरिएको ढुङ्गानाले बताउनुभयो ।
यस्तै, वर्षाजन्य मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै स्थानीय व्यवस्थापन समिति तयारी अवस्थामा बस्ने, अति वर्षा भयो भने सडक अवरुद्ध हुने हुँदा त्यसका लागि जेसिबी लगायतका मेसिन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
असार महिनामा आएको बाढी तथा पहिरोले कृषि, पशु र सिंचाइको क्षेत्रमा पारेको क्षतीको मर्मत तथा राहतका लागि सबै निकायलाई अपिल गरिएको छ । भीरकोटमा यस वर्षको बाढी तथा पहिरोको कारण दुई जनाको मृत्यु भएको छ भने तीन वटा भैसी र १६ वटा बाख्रा मरेका छन् ।
नगरपालिकाले दिएको तथ्याङ्क अनुसार ११ वटा घर पूर्ण क्षति भएका छन् भने एउटा मन्दिर र दर्जनौं खानेपानी ट्याङ्की पहिरोले बगाएको छ । दुई वटा गोठ पूर्णरुपमा नष्ट हुँदा एउटा विद्यालयमा आंशिक क्षति पुगेको छ । यस्तै दुई वटा पक्की पुलमा क्षति पुगेको छ भने ११५ वटा घर जोखिममा रहेको पालिकाको तथ्याङ्क छ । अहिलेसम्म पहिरोका कारण १७ घरपरिवार विस्थापित भैसकेको नगरपालिकाले जनाएको छ । गाेप
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार