देश संकटमा पर्दा एमाले र कांग्रेस एकै ठाउँमा ः एमाले सचिव अर्याल


वालिङ,११ साउन- नेकपा एमाले सचिव पद्मा अर्यालले देश संकटमा परेकोले नेकपा एमाले र नेपाली कांग्रेस एकै ठाउँमा आएको बताउनुभएको छ । देशको समस्या समाधानको लागि ठुला दल मिल्नुपर्ने अवस्था आएकोले एमाले कांग्रेस मिलेर अगाडि बढेको सचिव अर्यालले बताउनुभयो ।
ईतिहासका विभिन्न काल खण्डहरुलाई फर्केर हेर्दा मुलुकमा संकट परेका बेला एमाले र कांगे्रस मिलेर समस्या समाधान गरेको बताउदै अहिलेको एमाले र कांग्रेस बिचको सहकार्यबाट कोही पनि त्रसित हुन नपर्ने बताउनुभयो ।
शुक्रबार ४६औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाको आयोजनामा वालिङमा आयोजना गरिएको अन्तरक्रिया तथा पुस्तक विमोचन कार्यक्रमा बोल्दै पूर्व मन्त्री समेत रहनुभएकी सचिव अर्यालले अव सबै दलको लक्ष देश विकास र स्थायीत्वको हुनुपर्नेमा जोड दिदै यसकै लागि मुलुकका दुई ठुला दल मिलेर अहिलेको सरकारलाई राष्ट्रिय सहमतीको सरकारमा रुपान्तरण गर्ने योजना अनुसार अगाडी बढेको समेत बताउनुभो ।
निर्वाचनका बेला पुनः आफ्नै ढंगले अगाडि बढ्ने भन्दै मुलुकबाट संकट मोचन गर्नका लागी दूई प्रतिपक्षी दल मिलेर देशलाई नेतृत्व गरेको सचिव अर्यालको भनाइ छ । पुष्पलालले निर्माण गरेको नेकपा एमाले आज देशको प्रमुख पार्टी भएको भन्दै नेपालमा कम्युनिष्ट पार्टी निर्माणमा पुष्पलालको योगदान रहेको उहाँले बताउनुभयो । पुष्पलालको विचार आज पनि ताजै रहेको भन्दै उहाँको विचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढेमा कम्युनिष्ट आन्दोलनले सार्थकता प्राप्त गर्ने सचिव अर्यालले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य एवं पुष्पलाल प्रतिष्ठानका अध्यक्ष चक्रबहादुर पराजुलीको मेरो भुमिगत यात्रा संस्मरणात्मक निबन्ध संग्रह र साहित्यकार अनन्त अर्यालको कालापत्थर कविता संग्रहको समेत विमोचन गरिएको छ । कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य पराजुलीले पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि ई.ओम शर्माले टिप्पणी गर्नुभएको थियो ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal