देश संकटमा पर्दा एमाले र कांग्रेस एकै ठाउँमा ः एमाले सचिव अर्याल
वालिङ,११ साउन- नेकपा एमाले सचिव पद्मा अर्यालले देश संकटमा परेकोले नेकपा एमाले र नेपाली कांग्रेस एकै ठाउँमा आएको बताउनुभएको छ । देशको समस्या समाधानको लागि ठुला दल मिल्नुपर्ने अवस्था आएकोले एमाले कांग्रेस मिलेर अगाडि बढेको सचिव अर्यालले बताउनुभयो ।
ईतिहासका विभिन्न काल खण्डहरुलाई फर्केर हेर्दा मुलुकमा संकट परेका बेला एमाले र कांगे्रस मिलेर समस्या समाधान गरेको बताउदै अहिलेको एमाले र कांग्रेस बिचको सहकार्यबाट कोही पनि त्रसित हुन नपर्ने बताउनुभयो ।
शुक्रबार ४६औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल अध्ययन प्रतिष्ठान स्याङ्जाको आयोजनामा वालिङमा आयोजना गरिएको अन्तरक्रिया तथा पुस्तक विमोचन कार्यक्रमा बोल्दै पूर्व मन्त्री समेत रहनुभएकी सचिव अर्यालले अव सबै दलको लक्ष देश विकास र स्थायीत्वको हुनुपर्नेमा जोड दिदै यसकै लागि मुलुकका दुई ठुला दल मिलेर अहिलेको सरकारलाई राष्ट्रिय सहमतीको सरकारमा रुपान्तरण गर्ने योजना अनुसार अगाडी बढेको समेत बताउनुभो ।
निर्वाचनका बेला पुनः आफ्नै ढंगले अगाडि बढ्ने भन्दै मुलुकबाट संकट मोचन गर्नका लागी दूई प्रतिपक्षी दल मिलेर देशलाई नेतृत्व गरेको सचिव अर्यालको भनाइ छ । पुष्पलालले निर्माण गरेको नेकपा एमाले आज देशको प्रमुख पार्टी भएको भन्दै नेपालमा कम्युनिष्ट पार्टी निर्माणमा पुष्पलालको योगदान रहेको उहाँले बताउनुभयो । पुष्पलालको विचार आज पनि ताजै रहेको भन्दै उहाँको विचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढेमा कम्युनिष्ट आन्दोलनले सार्थकता प्राप्त गर्ने सचिव अर्यालले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य एवं पुष्पलाल प्रतिष्ठानका अध्यक्ष चक्रबहादुर पराजुलीको मेरो भुमिगत यात्रा संस्मरणात्मक निबन्ध संग्रह र साहित्यकार अनन्त अर्यालको कालापत्थर कविता संग्रहको समेत विमोचन गरिएको छ । कार्यक्रममा केन्द्रिय अनुशासन आयोगका सदस्य पराजुलीले पुष्पलाल र वर्तमान परिस्थिति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्रमाथि ई.ओम शर्माले टिप्पणी गर्नुभएको थियो ।
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















