स्याङ्जामा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट


स्याङ्जा,३ साउन- स्याङ्जा जिल्ला अदालतबाट लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट भएको छ । जिल्ला अदालतमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदको रहेको जिल्ला न्यायाधिश वासुदेव पौडेलले जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्र ४ सय ६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको छ ।
यसैगरी वैवाहिक सम्बन्ध अन्त्यका ८५ र अंश मानाचामलका ७१ वटा मुद्दा परेका थिए । अन्य प्रकृतिका र अघिल्ला आर्थिक वर्षमा बाँकि रहेकासमेत गरी जम्मा १ हजार ३ सय ५५ मध्ये १ हजार ४ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला न्यायाधिश पौडेलले बताउनुभयो । ८ सय ७१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा १ हजार ४ मुद्दा फछ्र्यौट भएको र लक्ष्यभन्दा १ सय ३१ थान मुद्दा बढी फछ्र्यौट भएका हुन् । अब जम्मा ३ सय ५१ मुद्दा बाँकि रहेका छन् भने कूल फछ्र्यौट मुद्दाको प्रतिशत ७४ रहेको छ ।
न्यायाधिश पौडेल २०८० कात्तिक १२ गते जिल्ला अदालत स्याङ्जामा हाँजिर हुनुभएको थियो । यसरी छोंटो समयमै सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गर्न सफल भएकोले उच्च अदालत पोखराले यही साउन १ गते न्यायाधिश पौडेललाई सम्मानपत्रले सम्मान गरेको छ । उच्च अदालत पोखरा मातहतका जिल्लाहरु मध्ये सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएकाले न्यायाधिश पौडेल सम्मानित हुनुभएको हो ।
न्यायाधिश पौडेलका अनुसार सम्बन्ध विच्छेदका अधिकांश मुद्दाहरु वैदेशिक रोजगारीमा रहेका श्रीमान श्रीमतीबीचका आउने गरेका छन् । अदालतमा दर्ता भएका मुद्दालाई छिटो छरितो फछ्र्यौट गर्न लागिपरेको बताउदै न्यायाधिश पौडेलले भन्नुभयो,“ अदालत संस्था हो, हामी आउँछौं जान्छौं तर अदालतको शीर उचो राख्न प्रतिवद्धछौं ।” अब आउने पेशी स्वचालित बनाइने पनि न्यायाधिश पौडेलले बताउनुभयो । यसका लागि कर्मचारीहरुले कमिटी गठन गरिसकिएको छ, कम्प्युटर पद्दतिमा स्वचालित गराउने कार्य योजना बनाइएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal