स्याङ्जामा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट


स्याङ्जा,३ साउन- स्याङ्जा जिल्ला अदालतबाट लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट भएको छ । जिल्ला अदालतमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदको रहेको जिल्ला न्यायाधिश वासुदेव पौडेलले जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ मा मात्र ४ सय ६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको छ ।
यसैगरी वैवाहिक सम्बन्ध अन्त्यका ८५ र अंश मानाचामलका ७१ वटा मुद्दा परेका थिए । अन्य प्रकृतिका र अघिल्ला आर्थिक वर्षमा बाँकि रहेकासमेत गरी जम्मा १ हजार ३ सय ५५ मध्ये १ हजार ४ वटा मुद्दा फछ्र्यौट भएको जिल्ला न्यायाधिश पौडेलले बताउनुभयो । ८ सय ७१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा १ हजार ४ मुद्दा फछ्र्यौट भएको र लक्ष्यभन्दा १ सय ३१ थान मुद्दा बढी फछ्र्यौट भएका हुन् । अब जम्मा ३ सय ५१ मुद्दा बाँकि रहेका छन् भने कूल फछ्र्यौट मुद्दाको प्रतिशत ७४ रहेको छ ।
न्यायाधिश पौडेल २०८० कात्तिक १२ गते जिल्ला अदालत स्याङ्जामा हाँजिर हुनुभएको थियो । यसरी छोंटो समयमै सबैभन्दा धेरै मुद्दा फछ्र्यौट गर्न सफल भएकोले उच्च अदालत पोखराले यही साउन १ गते न्यायाधिश पौडेललाई सम्मानपत्रले सम्मान गरेको छ । उच्च अदालत पोखरा मातहतका जिल्लाहरु मध्ये सबैभन्दा बढी मुद्दा फछ्र्यौट गर्न सफल भएकाले न्यायाधिश पौडेल सम्मानित हुनुभएको हो ।
न्यायाधिश पौडेलका अनुसार सम्बन्ध विच्छेदका अधिकांश मुद्दाहरु वैदेशिक रोजगारीमा रहेका श्रीमान श्रीमतीबीचका आउने गरेका छन् । अदालतमा दर्ता भएका मुद्दालाई छिटो छरितो फछ्र्यौट गर्न लागिपरेको बताउदै न्यायाधिश पौडेलले भन्नुभयो,“ अदालत संस्था हो, हामी आउँछौं जान्छौं तर अदालतको शीर उचो राख्न प्रतिवद्धछौं ।” अब आउने पेशी स्वचालित बनाइने पनि न्यायाधिश पौडेलले बताउनुभयो । यसका लागि कर्मचारीहरुले कमिटी गठन गरिसकिएको छ, कम्प्युटर पद्दतिमा स्वचालित गराउने कार्य योजना बनाइएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal