कास्कीमा पहिरोेमा परेर एकै परिवारका सातसहित नौ जनाको मृत्यु

कृष्ण दवाडी
कास्की,२८ असार- अविरल वर्षापछि पहिरोे जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना बेपत्ता भएका छन् ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोेले पुरिँदा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले राससलाई जानकारी दिनुभयो ।
पहिरोमा पुरिँएर कुलबहादुरसहित उहाँकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।
पहिरो गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको समय खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोेले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् ।
मादी गाउँपालिका–११ मा पहिरोेमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोेमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक शर्माले पहिरोेमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिनुभयो । पहिरोेमा बेपत्ताको खोजी भइरहेको बताइन्छ ।रासस
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार