वालिङमा मेलमिलाप कर्तालाई प्रशिक्षण


मणी प्रसाद अर्याल
वालिङ,२४ वैशाख- वालिङमा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा मेलमिलाप कर्ताहरुका लागि एक दिवशीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै स्याङ्जा जिल्ला न्यायाधिश वासुदेव पौडेलले मेलमिलाप पुण्यको काम भएको बताउनुभयो । जिल्ला न्यायाधिश पौडेलले मेलमिलापको काम पूण्यको काम भएकाले राम्रोसँग निरुपण गर्न मेलमिलाप कर्ताहरुलाई अनुरोध गर्नुभयो ।
गत हप्ता आँधिखोला गाउँपालिकाबाट सुरु गरेको यात्रा आज वालिङ आएको बताउँदै जिल्ला न्यायाधिश पौडेलले नगरपालिकाले यति धेरै मेलमिलाप कर्ता उत्पादन गरेको छ, अवस्य पनि न्यायीक सेवा प्रभावकारी बन्ने ंव्यक्त गर्नुभयो । वालिङ विवाद हुने पालिकामा पर्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा जिल्लामा आउने मुद्दा न्यून हुने विश्वास व्यक्त गर्नुभयो । न्यायिक कार्य सुत्रवत नहुने भन्दै जिल्ला न्यायाधिश पौडेलले के कस्तो रुपमा आउँछ त्यही अनुरुप निरुपण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

न्यायीक समितिकि संयोजक एवम् वालिङ नगर उपप्रमुख कविता तिवारी गैहे्रले गतवर्ष पालिकामा भएका न्यायीक गतिविधिसहित कार्यक्रमको जानकारी गराउनु भएको थियो । आर्थिकवर्ष २०८०/०८१ मा जम्मा ६६ वटा मुद्दा आएको उपप्रमुख गैह्रेले बताउनुभयो । उहाँका अनुसार ३४ वटा मुद्दा नगरपालिकामा र ३२ वटा वडाहरुमा मेलमिलाप कर्ताहरुकाबीचमा आएको थियो । यसमध्ये ३ वटा मुद्दा अदालत पठाइएको र बाँकि नगरपालिका तथा मेलमिलापकर्ताहरुबाट निरुपण गरिएको छ । नगरपालिकाका १४ वटै वडामा गरी १ सय १ जना मेलमिलाप कर्ता छन् ।
सबै मेलमिलापकर्ताहरुलाई कालो कोट प्रदान गरिएको छ भने वडा नम्वर ७ का हुमाकान्त रेग्मी र १४ का लुकामाया पाठकलाई उत्कृष्ट काम गरे वापत प्रशंसा पत्रले सम्मान गरिएको छ ।
कार्यक्रमको समापन गर्दै नगरप्रमुख कृष्ण खाँणले स्थानीयतहले न्यायीक सेवाको काम गर्न पाउनु राम्रो अवसर भएको बताउनुभयो । नगरप्रमुख खाँणले न्याय नपाए वालिङ यो अवसरको सदुपयोग गर्दै जानु भन्ने सन्देश दिने समेत बताउनुभयो । आज प्रदान गरिएको कोटको सम्मान गर्दै मेलमिलापकर्ताहरुले चुस्त दुरुस्त न्यायीक सेवा दिने विश्वास नगरप्रमुख खाँणले व्यक्त गर्नुभयो ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal