गाउँमा विकास पुगे पनि बस्ती खालिहुने क्रम रोकिएन ःपूर्व मन्त्री अर्याल


वालिङ,२८ माघ- नेपाल सरकारका पूर्व मन्त्री एवं नेकपा एमाले सचिव पद्मा कुमारी अर्यालले गाउँमा विकास पुगे पनि बस्ती खालिहुने क्रम नरोकिनु दुःखको कुरा भएको बताउनु भएको छ । उहाँले उर्जाशील जनशक्ति बाहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । शनिबार आठौँ वालिङ महोत्सवको समापन कार्यक्रममा सम्वोधन गर्दै पूर्व मन्त्री अर्यालले गाउँमा शिक्षा, स्वास्थ्य, सडकलगायतका भौतिक पुर्वाधार पुगिरहेको भएपनि गाँउबस्ती रित्तो हुँदै गएको उल्लेख गर्दै यो विषयमा बहस गर्न आवश्यक रहेको औंल्याउनुभयो । गाउँमै बस्ने र आफ्नै देशमा अडिने वातावरण सिर्जनाका लागि नयाँ बहस गर्न आवश्यक रहेकोमा उहाँको जोड छ ।
देशको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत योगदान निजी क्षेत्रको भएको भन्दै यति धेरै योगदान गर्ने निजी क्षेत्र किन निराश भएको भन्ने विषयको जड पत्ता लगाउनपर्ने उहाँको भनाई छ । राष्ट्रको पुँजी निर्माण गर्ने क्षेत्र शिथिल हुँदै गएको अवस्था छ । देशमा व्यापार घाटा बढिरहेको छ भने राजस्व संकलन कम हुँदा मुलुक कहाँ जाँदै छ भन्ने विषय सोँचनीय रहेको छ । देशका विभिन्न क्षेत्र समस्याग्रस्त बन्दै गएको भन्दै नेपाल आर्थिक रुपमा कमजोर हुँदै गएकोमा पुर्व मन्त्री अर्यालले चिन्ता व्यक्त गर्नुभयो ।
अहिले भन्दा आउने वर्ष आर्थिक अवस्था झनै कमजोर हुँने प्रक्षेपण गरिएको भन्दै यसमा सरकार गम्भीर हुन आवश्यक रहेको उहाँको तर्क छ । देशको विकास र समृद्धिका लागि सरकार सचेत हुनुपर्नेमा जोड दिँदै योजनावद्ध ढंगले सरकार अगाडि बढ्न आवश्यक रहेको ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले वालिङ उद्योग वाणिज्य संघ वालिङको पहिचान र विकासका लागि महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । साथै गण्डकी प्रदेश मन्त्री तिवारीले प्रदेशले एक घर एक धाराको अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अगाडि बढ्ेको भन्दै खेतियोग्य जमिन सिंचाईको अभावले बाँझिने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रदेश सरकारले स्याङ्जाकोे शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधारलगायतमा प्रथमिकता दिएको उल्लेख गर्दै स्याङ्जामा प्रदेशका कतिपय योजना निर्माणाधिन रहेको र कतिपय आगामी वर्षमा समेटिने बताउनुभयो ।
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक चेतनारायण श्रेष्ठले आठौँ वालिङ महोत्सवले ऐतिहासिक सफलता प्राप्त गरेको बताउनुभयो । महोत्सवमा ३ लाख भन्दा धेरै दर्शकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मेलाको अवलोकन गरेको बताउनुभयो । आयोजकको लक्ष्य भन्दा बढि अर्थात १० करोड भन्दा बढिको व्यापारिक कारोबार भएको भन्दैे मेलाले स्थानीय तथा घरेलु उद्यमीद्वारा उत्पादित वस्तुको विक्रि तथा बजारीकरणको लागि टेवा पुगेको संयोजक श्रेष्ठको भनाइ थियो ।
यसैबीच महोत्सवमा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुमा सहभागिता जनाई बिभिन्न स्थान प्राप्त गर्नेहरुलाई पुरस्कृत गरिएको छ । यस अन्तर्गत स्याङ्जा डान्स आईडल सिजन थ्रिको उपाधी जसमिन थापाले प्राप्त गरेकी छन् भने सोफिया गुरुङ दोस्रो र स्थान श्रेया थापाले तृतीय भएकी छन् । त्यस्तै रुहानि श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् । त्यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगितामा सगरमाथा आवसीय मावि प्रथम, बालसिद्ध मावि द्वितीय, भूपू सैनिक आवसीय मावि तृतीय र बालविद्या मावि सान्त्वना हाँसिल गरेको थियो । त्यस्तै भजन गीत प्रतियोगितामा राधाकृष्ण भजन समूह चापाकोट ६ साँखर प्रथम, जुनेली भजन समूह कालिकाकोट द्वितीय, महिमा भजन समूह मग्याम चिसापानी तृतीय हुँदा उत्तर बाहिनी भजन समूह सान्त्वना भएको थियो । त्यस्तै रत्यौली गीत प्रतियोगितामा बायँटारी भाउजु समूह प्रथम, सुर्कौदी आमा समूह द्वितीय, शिवमन्दिर आमा समूह तृतीय र भीमटारी आमा समूह तृतीय स्थान प्राप्त गरेको थियो । यसरी प्रतियोगितात्मक कार्यक्रममा बिभिन्न स्थान हाँसिल गर्नेहरुलाई नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
वालिङ उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १८ देखि खेलमैदानमा सञ्चालन गरिएको आठौं वालिङ महोत्सव २०८० आइतबार समापन भएको हो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

२०८२ बैशाख २४ गते, बुधबार

धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल

२०८२ बैशाख २३ गते, मंगलवार

पूर्वमन्त्री प्रदीप नेपालको निधन

२०८२ बैशाख २३ गते, मंगलवार

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

२०८२ बैशाख २१ गते, आईतवार

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

२०८२ बैशाख २१ गते, आईतवार

चालिसेमा महायज्ञ हुने

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर

२०८२ बैशाख २० गते, शनिबार

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

२०८२ बैशाख २० गते, शनिबार

यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू

२०८२ बैशाख १९ गते, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ बैशाख १९ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal