वालिङ महोत्सवमा प्रतियोगितात्मक कार्यक्रम


वालिङ,१९ माघ- वालिङ महोत्सवमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सुरु भएकाछन् । वालिङस्थित खेलमैदानमा सञ्चालित आठौं वालिङ महोत्सव २०८० को दोस्रो दिन शुक्रबार देखि प्रतियोगितात्मक कार्यक्रमहरु सुरु गरिएको हो ।
आज स्याङ्जा डान्स आइडल सिजन थ्री र रत्यौलीगीता प्रतियोगिता भए । स्याङ्जा डान्स आइडल सिजन थ्री का प्रतिस्पर्धीमध्ये ३ जना र रत्यौलीगीत प्रतियोगितामा सहभागी १६ मध्ये दुई समूहको प्रतियोगिता गराइएको हो । यसैगरी विद्यालय नृत्य प्रतियोगिता अन्तर्गत सहभागी १६ मध्ये बालविद्या विकास आवासीय माविको प्रस्तुति रहेको थियो । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँदैजाने वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृति उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो । यसैगरी भोलिदेखि लोक भजनगीत प्रतियोगिताका कार्यक्रमसमेत रहने उहाँले जानकारी दिनुभयो ।
यसकासाथै राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, घनश्याम रिजाल, कृष्ण सुवेदी, अर्जुन थापा, ज्योति लोहोनी, नेत्र गुरुङ, कमला गैरे, नेत्र खड्का, राजेश भण्डारी, जगत गौंडेल र लोकपप गायक सञ्जिव सिं रानाको सांगितिक प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनसहित नचाएको थियो ।

यसैगरी भोलि शनिबारका दिन पुरुषोत्तम न्यौपाने, घनश्याम रिजाल, भिमु गुरुङ, चेतन गोतामे, दिनेश क्षत्री, यम नेपाली, सुनिता नेपालीलगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । योसँगै सुगम सङ्गीतका बहुचर्चित रुपक डोटेल र हास्य कलाकार दिपक थापाको उपस्थिति रहने कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (सुसिल ) ले जानकारी दिनुभयो । यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका कलाकारहरुको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।
हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नारासहित वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महाउत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका पसलहरु राखिएका छन् । यसकासाथै विविध प्रतियोगितात्मक कार्यक्रमहरुकोसाथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् । महोत्सवको दोस्रोदिन दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal