वालिङ महोत्सवमा प्रतियोगितात्मक कार्यक्रम

वालिङ,१९ माघ- वालिङ महोत्सवमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सुरु भएकाछन् । वालिङस्थित खेलमैदानमा सञ्चालित आठौं वालिङ महोत्सव २०८० को दोस्रो दिन शुक्रबार देखि प्रतियोगितात्मक कार्यक्रमहरु सुरु गरिएको हो ।
आज स्याङ्जा डान्स आइडल सिजन थ्री र रत्यौलीगीता प्रतियोगिता भए । स्याङ्जा डान्स आइडल सिजन थ्री का प्रतिस्पर्धीमध्ये ३ जना र रत्यौलीगीत प्रतियोगितामा सहभागी १६ मध्ये दुई समूहको प्रतियोगिता गराइएको हो । यसैगरी विद्यालय नृत्य प्रतियोगिता अन्तर्गत सहभागी १६ मध्ये बालविद्या विकास आवासीय माविको प्रस्तुति रहेको थियो । बाँकी रहेकाहरुको दैनिकरुपमा प्रतिस्पर्धा गराउँदैजाने वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् आठौं वालिङ महोत्सव सांस्कृति उपसमितिका संयोजक खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो । यसैगरी भोलिदेखि लोक भजनगीत प्रतियोगिताका कार्यक्रमसमेत रहने उहाँले जानकारी दिनुभयो ।
यसकासाथै राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, घनश्याम रिजाल, कृष्ण सुवेदी, अर्जुन थापा, ज्योति लोहोनी, नेत्र गुरुङ, कमला गैरे, नेत्र खड्का, राजेश भण्डारी, जगत गौंडेल र लोकपप गायक सञ्जिव सिं रानाको सांगितिक प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जनसहित नचाएको थियो ।

यसैगरी भोलि शनिबारका दिन पुरुषोत्तम न्यौपाने, घनश्याम रिजाल, भिमु गुरुङ, चेतन गोतामे, दिनेश क्षत्री, यम नेपाली, सुनिता नेपालीलगायत राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । योसँगै सुगम सङ्गीतका बहुचर्चित रुपक डोटेल र हास्य कलाकार दिपक थापाको उपस्थिति रहने कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (सुसिल ) ले जानकारी दिनुभयो । यसैगरी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्याङ्जाका कलाकारहरुको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।
हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मूल नारासहित वालिङ उद्योग वाणिज्य संघले २०६३ सालदेखि महोत्सव सञ्चालन गर्दै आएको हो । प्रादेशिक, कृषि, पर्यटन, सांस्कृतिक एवम् औद्योगिक व्यापार मेला २०८० समग्र वालिङकै महाउत्सवकारुपमा लिइएको महोत्सव हो । महोत्सवका अवसरमा व्यापारिक प्रयोजन एवम् प्रदर्शनीका लागि करिव ४ सय स्टलहरु रहेका छन् । कृषिजन्य उत्पादन, हस्तकला सामग्री, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी एवम् फेन्सी आइटमका पसलहरु राखिएका छन् । यसकासाथै विविध प्रतियोगितात्मक कार्यक्रमहरुकोसाथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् । महोत्सवको दोस्रोदिन दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार