दुना टपरी उद्योगबाट मासिक चार लाख आम्दानी
होमराज रानाभाट
कावासोती,१६ माघ- पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १६ मा सालको पातको दुना,टपरी बनाएर बिक्री गर्ने र विदेश जानेहरूलाई प्रेरणाका स्राेत मात्रै होइनन कमाई लिन र रोजगारी दिन दुवै सक्षम भएका छन् दुना टपरी व्यवसायी वासुदेव गिरी ।
आफू सँगका साथीभाइ सबै पैसा कमाउन बिदेसिए तर गिरी विदेशको नाम उच्चारण गर्न पनि मान्दैनन् र दुना टपरी उद्योग चलाएर मासिक चार लाख बढी कमाउँछन् र आफ्नो उद्योगमा ६५ बढी महिलालाई रोजगारी दिन समेत सफल भएका छन् ।
पूर्बी नवलपरासीको कावासोती नगरपालिका वडा नं १६ अज्यौलीको डण्डाबजारमा ईन्द्रदेब दुना टपरी उद्योग सञ्चालन गरेका गिरीले सालको दुना टपरी बनाएर मासिक चार लाख बढी कमाउने गरेको बताउनुहुन्छ भने कारखाना नै चलाएर धेरैलाई रोजगारी समेत दिएको बताउनुहुन्छ ।
४० बटा दुना टपरी बनाउने मेशिन चलाएर राम्रो आम्दानी लिन सफल गिरी त्यहाँ उत्पादित दुना टपरी काठमाडौँ,पोखरा,नारायणगढ,बुटवल,लगायत देशको सबै ठाउँमा सजिलै बिक्री हुने गरेको बताउनुहुन्छ ।
दुना टपरी उद्योगमा कामदारका रुपमा रहेका दल बहादुर विकले यसबाट राम्राे आम्दानी लिन सफल भएका बताउनुहुन्छ । मेशिनमा जति धेरै दुना टपरी बनायो त्यति धेरै पैसा कमाउन सकिने र यो पेशा नै रोजगारीको राम्राे र भरपर्दो आयस्राेत भएको अर्की रामकुमारी थापाको भनाई छ ।
नेपाल भरि यसको व्यापार राम्राे रहेको र सालको दुना टपरी ठुलो बण्डलको एक सय पचास र सानो बण्डलको असी रुपियाँमा र थोकका एक रुपियाँमा बिक्री हुने गरेको सञ्चालक गिरीको भनाई छ ।
बिहे भोज देखि व्रतबन्ध,पूजापाठ,लगायत हरेक शुभ कार्यमा दुना टपरी को माग अत्यधिक बढ्न थाले पछि पुर्याउन धौ धौ हुने गरेको गिरीको भनाई छ ।गोप
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















