श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण हुँने

फाइलतस्विर:
वालिङ,४मङ्सिर- श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण हुने भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको धार्मिक तथा ऐतिहासिक श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण नेपाली सेना र आँधीखोला गाउँपालिकाले संयुक्त रुपमा गर्ने भएको हो ।
पुर्ननिर्माणका लागि साेमबार नेपाली सेनाले अवलोकन गरेको छ । यही मङ्सिर १० गतेबाट श्रवणकुमार समाधिस्थलको स्तरोन्नति, कम्पाउण्ड रेलिङ निर्माण, विश्रामस्थललगायतका पुर्वाधारहरु बन्नेछन् ।
सोमबार अवलोकनका लागि श्री ३ बाहिनि खैरेनीटारका सहायक रथि गौरवकुमार केसी सहित गण्डकी प्रदेशका विभिन्न गुल्मका गुल्मपतिले समाधिस्थलसहित गाउँपालिका भवन, म्हाँजुभञ्याङ, नेपालकै पहिलो शिरुबारी होमस्टेलगायत पर्यटकीय स्थलहरुको समेत अवलोकन गरेको गाउँपालिका अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाको २५ लाखमा समाधिस्थलको पुर्ननिर्माण हुने र बाँकी रहेका कामहरुमा पालिकाले खर्च गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
पालिकाले आफ्ना पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरुको संरक्षण तथा संर्वद्धन गर्दै आन्तरिक तथ बाह्य पर्यटकको आवागमनलाई थप वृद्धि गर्ने अध्यक्ष पौडेलको भनाइ रहेकाे छ । अध्यक्ष पौडेलले भन्नुभयो,‘पर्यटनको विकासले नै आर्थिक स्तरलाई माथि उकास्न सकिने भएकाले हामीले पालिकामा रहेका पर्यटकीय स्थलहरुको स्तारोन्नति गर्ने, पर्यकटीय संभावनाहरुको खोजी गरी प्रचारप्रसार गर्ने गरेका छौँ ।’ नेपालकै पहिलो घरबास होमस्टे आँधीखोलामै रहेका कारण बाह्य पर्यटकहरु समेत आँधीखोलामा धेरै आउने भएकाले पर्यटन नै समृद्धिको आधार भएकाे अध्यक्ष पौडेलले बताउनुभयो ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार