श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण हुँने
फाइलतस्विर:
वालिङ,४मङ्सिर- श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण हुने भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको धार्मिक तथा ऐतिहासिक श्रवणकुमारको समाधिस्थलको पुर्ननिर्माण नेपाली सेना र आँधीखोला गाउँपालिकाले संयुक्त रुपमा गर्ने भएको हो ।
पुर्ननिर्माणका लागि साेमबार नेपाली सेनाले अवलोकन गरेको छ । यही मङ्सिर १० गतेबाट श्रवणकुमार समाधिस्थलको स्तरोन्नति, कम्पाउण्ड रेलिङ निर्माण, विश्रामस्थललगायतका पुर्वाधारहरु बन्नेछन् ।
सोमबार अवलोकनका लागि श्री ३ बाहिनि खैरेनीटारका सहायक रथि गौरवकुमार केसी सहित गण्डकी प्रदेशका विभिन्न गुल्मका गुल्मपतिले समाधिस्थलसहित गाउँपालिका भवन, म्हाँजुभञ्याङ, नेपालकै पहिलो शिरुबारी होमस्टेलगायत पर्यटकीय स्थलहरुको समेत अवलोकन गरेको गाउँपालिका अध्यक्ष विश्व पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाको २५ लाखमा समाधिस्थलको पुर्ननिर्माण हुने र बाँकी रहेका कामहरुमा पालिकाले खर्च गर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
पालिकाले आफ्ना पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलहरुको संरक्षण तथा संर्वद्धन गर्दै आन्तरिक तथ बाह्य पर्यटकको आवागमनलाई थप वृद्धि गर्ने अध्यक्ष पौडेलको भनाइ रहेकाे छ । अध्यक्ष पौडेलले भन्नुभयो,‘पर्यटनको विकासले नै आर्थिक स्तरलाई माथि उकास्न सकिने भएकाले हामीले पालिकामा रहेका पर्यटकीय स्थलहरुको स्तारोन्नति गर्ने, पर्यकटीय संभावनाहरुको खोजी गरी प्रचारप्रसार गर्ने गरेका छौँ ।’ नेपालकै पहिलो घरबास होमस्टे आँधीखोलामै रहेका कारण बाह्य पर्यटकहरु समेत आँधीखोलामा धेरै आउने भएकाले पर्यटन नै समृद्धिको आधार भएकाे अध्यक्ष पौडेलले बताउनुभयो ।
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















