वालिङ नगरपालिकालाई एसिया प्यासिफिक अवार्ड

वालिङ,२३ असोज- वालिङ नगरपालिकालाई ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिने भएकाे छ ।  फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत वालिङ नगरपालिका साे अवार्डबाट सम्मान गरिने भएकाे हाे ।

एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरुको स्थानीय सरकारहरुको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रुपमा सम्मानित बनेको छ । एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरुमध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित बनेको नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

उहाँले नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा गरेको कामको मूल्याङ्कन गर्दै युसिएलजीले वालिङलाई उत्कृष्ट नगरपालिका घोषणा गरेको बताउनुभयो । नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोरमैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रुपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गर्नुभयो ।

‘नगरबासीहरुको सहयोग,कर्मचारीहरुको तदारुकता र जनप्रतिनिधिहरुको समर्पणले वालिङ सम्माति बनेको हो’खाँणले भन्नुभयो–‘यो अभियानलाई अझै उचाईमा लैजाँदै उत्सजैन हुने फोहोरलाई पूर्ण रुपमा आम्दानीको स्रोतको रुपमा परिणत गर्न हामी आवश्यक सबै कदमहरु अगाडि बढाउँछौँ ।’

सरसफाईको क्षेत्रमा दिगो विकासको लागि निर्दिष्ट बुँदाहरुको सही पालना तथा कार्यान्वयनको लागि नगरपलिका प्रतिवद्ध रहेको नगरप्रमुख खाँणको भनाई छ ।

सम्मानित बनेसँगै नगरपालिकाले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छ । पुरस्कार वितरण १३–१५ नोभेम्बर २०२३ मा चिनको यीवु शहरमा हुनेछ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal