मुस्लिम समाजद्धारा ईद मिलादुन नविको अवसरमा हाजिरीजवाफ प्रतियोगिता

रमेश गोदार
स्याङ्जा,२२असोज-ईद मिलादुन नविको अवसरमा स्याङ्जा मुस्लिम समाजले गण्डकी प्रदेश मै पहिलो पटक आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा मदर्शा अहले सुन्नत वल जमातले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै प्रतियोगितामा दारुल उलुम बर्कातीया थप्रेकले द्वितीय, मदर्शा नुरुल उलुम, दुलेगौडाले तृत्तीय र अहले सुन्नत गौसीया मदर्शा, बयरघारीले सान्त्वना स्थान हात पारेका छन् । साथै सहभागी समूह मध्येबाट उत्कृष्ट सहभागीका रुपमा गहतेको मदर्शालाई पुरस्कृत गरिएको मुस्लिम समाज बाड्खोलाका सचिव इकबाल अलिले जानकारी जानकारी दिनुभयो । त्यस्तै तिलाव तर्फ मदर्शा नुरी हनफीया दमौलीका मोहम्मद आसीफ प्रथम, मोहम्मदी जामे मदर्शा जिङ्दीका अस्लम अली द्वितीय, मदर्शा नुरुल उलुम दुलेगौडाका मोहम्मद हुसैन तृत्तीय र अहले सुन्नत मदर्शा स्याङ्जाका मोहम्मद शेहजाद अलीले सान्त्वना स्थान हासिल गरेका छन् । साथै नाते शरिफ तर्फ नुरुल उलुम मदर्शा दुलेगौडाका गुल्सन खातुनले प्रथम र मदर्शा अहले सुन्नत वल जमातका ऐजाज मियाले द्वितीय स्थान हात पारेका छन् ।
१० कुरआन तिलावत ९२० नाते शरीफ ९३० हाजिरीजबाफ प्रतियोगिताको निणर्ायकमा शेरे नेपाल फीरोज आलम, मुफ्ती साजीद बरकाती र पर्यवेक्षकमा ईमाम मोहम्मद हुसैन अत्तारी र हाजी शेर अली मिया रहनुभएको थियो । ३ विधामा रहेको प्रतियोगिता १५ मदर्शाका विद्यार्थी सहभागी भयका थिए । प्रतियोगिताका दुबै विधातर्फका प्रथम द्वितीय, तृत्तीय र सान्त्वना स्थान हासिल गर्नेहरुलाई क्रमशः ३० हजार, १५ हजार, र १० हजार साथै उत्कृष्टलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको पुतलीबजार नगरपालिका वडा नं. १४ का सदस्य मुवारक मियाँले जानकारी दिनुभयो ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार