मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

मनाङ,१९ असोज- हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।
डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो । डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।रासस
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार