मनाङको स्याउ मनाङमै खपत

नवीन लामिछाने

मनाङ,१८ असोज- हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ । 

मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ । अब यहाँको स्याउको मुख्य बजार पनि मनाङ हुने देखिएको छ । 

बेभरेजले सञ्चालनमा ल्याएको यो कारखानाले वार्षिक दुई लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । यसबाट उत्पादित वाइन पनि कम्पनीले सार्वजनिक गरिसकेको छ । कम्पनीले मनाङको तीन हजार पाँच सय मिटर उचाइमा रहेको साब्जे लेकमा कार्यक्रम गरी ‘मनाङ भ्याली वाइन’ सार्वजनिक गरेको थियो । 

उत्पादित वाइनको मूल्य रु एक हजार २५ निर्धारण गरिएको छ । “हामीले तीन वर्षको कडा मिहिनेत र अध्ययन तथा अनुसन्धानपछि वाइन कारखाना सञ्चालनमा ल्याएका छौँ, यसमा अन्तर्राष्ट्रियस्तरका मापदण्ड पूर्णरूपमा पालना गरेका छौँ”, मनाङ बेभरेजका प्रबन्ध निर्देशक आश्रय रञ्जितकारले भन्नुभयो, “यसले मनाङमा स्याउ उत्पादनलाई थप टेवा पुग्नेछ भने बजार अभाव समस्या पनि अन्त्य गर्नेछ ।”

उहाँका अनुसार हाल मनाङमा करिब आठ सयदेखि एक हजार टन स्याउ उत्पादन हुने गरेको छ । यहाँ उत्पादित स्याउ कारखानाका लागि पर्याप्त हुनेछ । प्रबन्ध निर्देशक रञ्जितकारका अनुसार अबको पाँच वा छ वर्षसम्म यस पर्याप्त हुने भए पनि त्यसपछि भने मुस्ताङ, हुम्लालगायत जिल्लामा क्षेत्र विस्तार गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ ।

कम्पनीले वाइन कारखाना सञ्चालनका लागि मात्रै करिब रु १० करोड लगानी गरेको छ । हाल कारखानामा प्रत्यक्ष रूपमा करिब ३५ देखि ४० जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या करिब पाँच सय रहेका छन् । “पूर्वाधार र बाटोको असहज अवस्थाका कारण कारखानाका लागि आवश्यक सामग्री पु¥याउन निकै कठिन भएको थियो”, उहाँले भन्नुभयो । अब वाइन उत्पादन गरेर बजार पु¥याउने चुनौती पनि रहेको उहाँले स्पष्ट पार्नुभयो । 

व्यावसायिक स्याउ खेती वृद्धि 

प्राकृतिक रूपमा चर्चासँगै मनाङको स्याउ खेतीको चर्चा उत्तिकै छ । जतिबेला एग्रो मनाङ प्रालिले सात सय ३५ रोपनी क्षेत्रफल जग्गामा एकै पटक स्याउ खेतीको व्यावसायिक खेती थाल्यो । मनाङ एग्रोले करिब छ वर्षअघि इटाली र सर्भियाबाट स्याउका बिरुवा ल्याएर खेती गर्न सुरु गरेको हो । हाल स्याउ खेतीले पर्यटकको आकर्षणको केन्द्र पनि बन्दै गएकोे छ ।

यस स्याउ फार्ममा गाला, फुजी र गोल्डेन डिलिसेस गरी तीन प्रजातिका करिब ६० हजार बिरुवा लगाइएको छ । करिब रु २० अर्ब लगानीमा सुरुआत भएको यस फार्मबाट उत्पादित स्याउ एग्रो मनाङले हिमालयन फ्रेस ब्रान्ड नाममा बजारसम्म पु¥याउँदै आएको छ । यस फार्ममा हाल २८ जनाले रोजगारी पाएका छन् भने सिजनमा ३५ देखि ४० भन्दा बढीले काम गर्ने गरेका छन् । 

एग्रो मनाङ प्रालिका प्रबन्ध निर्देशक युवराज गुरुङका अनुसार गत वर्ष यस फार्मले चार सय ५० टन स्याउ उत्पादन गरेको थियो भने यस वर्ष छ सय ५० टन उत्पादन गर्ने लक्ष्य लिएको छ । वाइन कारखानाका लागि यस फार्मले प्रतिकिलो रु ५० मा स्याउ गरिरहेको छ । नेपाली स्याउले यहाँको बजारको करिब १० प्रतिशत मात्रै माग धान्न सक्ने भएकाले आफूले स्याउ खेती अगाडि बढाएको गुरुङ बताउनुहुन्छ । 

“एग्रो मनाङको फार्म हाउस दक्षिण एसियाकै सबैन्दा ठूलो हो । यसका साथै मनाङको पिसाङमा पनि तीन सय ८० रोपनीमा गत वर्षबाट स्याउ खेती सुरु भएको छ”, गुरुङले भन्नुभयो, “यसरी बजार सुनिश्चितता बढ्दै जाँदा स्याउको व्यावसायिक खेती गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।” 

उहाँले हाल एग्रो मनाङ फार्ममा प्रतिहेक्टर ४० टन स्याउ उत्पादन भएको जानकारी दिनुभयो । यस फार्मले करिब ६० हजार स्याउका बोटबाट उत्पादन लिइरहेको छ । मनाङ एग्रोको स्याउ फार्मसँगै मनाङ बेभरेजको वाइन कारखानामा खपत हुनेछ । यससँगै मनाङ एग्रोको कोल्ड स्टोर पनि छ ।

जसमा स्याउलाई ग्रेडिङ गरी भण्डारण गर्ने, बिक्री गर्ने र बजारसम्म पठाउने कामका साथै कारखानालाई पनि त्यहीँबाट छुट्टयाउने काम हुन्छ । मनाङ बेभरेजले जिल्लामा उत्पादित सबैको स्याउलाई वाइन बनाउन कारखानामा लिने जनाएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal