इन्धनको मूल्यवृद्धि

काठमाडौँ,१४ असोज-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपियाँले बढेको छ। निगम प्रवक्ता मनोजकुमार ठाकुरले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गरिएको जानकारी दिनुभयो। यस्तै पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल, मटितेलमा प्रतिलिटरमा ६ रुपियाँले मूल्य बढेको उहाँले जानकारी दिनुभयो। हवाई इन्धन आन्तरिक र बाह्य दुवैमा प्रतिलिटरमा आठ रुपियाँ मूल्य बढेको निगमले जनाएको छ। 

इन्डियन आयल कर्पोरेसन  (आइओसी) ले शनिबार पठाएको नयाँ मूल्य अनुसार सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढाइएको निगमले जनाएको छ।   

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal