झोले शिक्षक

कमला अधिकारी
सधैं बोक्ने झोला आज कता होला
रिसा’की छे जुनेली ठूले कति रोला ?
स्कुल आउन नमान्लान् मैले झोला बोकिन
आँसु आयो चम्पाको मैले रुमाल बोकिन
कट्टे आउन आएछ उल्टो सट लाएछ ।
भोको पेट, पसिना; हात नधोई खाएछ
बिरामी थिई सानू, कुर्थामा उल्टि झरेछ
नगरको चेकिङ त्यहि दिन परेछ ।
घरमा लाको पोशाक सधैं उस्तै हुन्न
उस्तै आउँछ झोला घर कोहि छुन्न
छोटु अनि मोटु पढ्न उति मान्दैनन्
रातो कलम, चित्र नभई पढाएको ठान्दैनन्
देशका कर्णधार हेर्ने छैनन् कोहि
जान्ने बनाउनु छ जादू मन्त्र छोइ
छैन जागिर पाइको, ढुक्क भन्छन् स्थायीको
खिसी गर्ने देख्छु हाम्रो लवाई खुवाईको
रुख चढ्ने रहर छ, रैछ अग्लो सिस्नोको
चिन्ता छ सधैं खुड्किलो चढ्ने लिस्नोको
जुनेलीको चकलेट, आँसु पुछ्ने रुमाल
चित्र कोर्ने कलम, बोर्डमा लेख्ने मार्कर
के मा राखी ल्याउने हो बोक्नैपर्छ झोला
आज झोला छुटेछ कसो गर्ने होला
एकदिन झोला छुट्दा धेरै कुरा छुट्छ ।
त्यसैले त शिक्षक झोले हुनुपर्छ
स्वाद मिलाई मिलाई, आफ्ना रहर सिलाई
पिज्जा, बर्गर देखि खोले हुनुपर्छ
त्यसैले त शिक्षक झोले हुनुपर्छ ।
लेखक शिक्षिका अधिकारी बालसिद्द मावि वालिङ ७ केवँरे,स्याङ्जामा कार्यरत हुनुहुन्छ।
ताजा

शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार
बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता
२०८१ चैत्र २४ गते, आईतवार
आज बाह्रविशे मेला, तयारी पुरा
२०८१ चैत्र २४ गते, आईतवार
गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन
२०८१ चैत्र २३ गते, शनिबार
ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा
२०८१ चैत्र २३ गते, शनिबार