अन्तरिक्षमा पुगेको चिम्पान्जी !
अन्तरिक्ष अभियानको आरम्भिक दिनमा इनोस नामको चिम्पान्जीलाई अन्तरिक्षमा पठाइएको थियो। अमेरिकाको अन्तरिक्ष अनुसन्धानमा संलग्न संस्थान नासाले ती दिनमा मानिसलाई अन्तरिक्ष र चन्द्रमामा पठाउन जोडदार अनुसन्धान गरिरहेको थियो। त्यसै क्रममा मक्र्युरी प्रोग्रामका लागि भाले चिम्पान्जी इनोसलाई अन्तरिक्षमा पठाउने निर्णय गरियो।
अन्तरिक्षमा मानिसको यात्राको सम्भाव्यता अध्ययन गर्न मक्र्युरी–एट्लस ५ अन्तरिक्षयानलाई मानिस र पशु दुवैलाई बोक्न सक्ने गरी डिजाइन गरियो। जीवित प्राणीमा अन्तरिक्ष यात्राको प्रभावसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क हासिल गर्न त्यस ऐतिहासिक अभियानका लागि इनोसलाई चयन गरिएको थियो।
सन् १९६१ नोभेम्बर २९ मा मक्र्युरी–एट्लस ५ क्याप्सुलमा इनोसलाई राखियो। मक्र्युरी–एट्लस ५ स्पेस क्याप्सुल इनोससहित अन्तरिक्षमा प्रक्षेपण गरियो। अन्तरिक्षमा पुगेर इनोसले सफलतापूर्वक पृथ्वीको फन्को लगायो र त्यस्तो सफलता पाउने मानव जातिसँग मिल्ने पहिलो पशु बन्यो।
इनोसलाई अन्तरिक्षमा पठाएर वैज्ञानिकले अन्तरिक्ष यात्राबाट पर्ने शारीरिक र मानसिक प्रभावका बारेमा महत्त्वपूर्ण तथ्याङ्क प्राप्त गरेका थिए। इनोस यस यात्राले भविष्यमा मानिसलाई अन्तरिक्षमा पठाउने मार्ग प्रशस्त गरेको थियो। त्यसपछि सन् १९६९ मा नासाले अपोलो ११ मार्फत चन्द्रमामा मानिसलाई उतारेको थियो। – युवामञ्च
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















