अन्तरिक्षमा पुगेको चिम्पान्जी !
अन्तरिक्ष अभियानको आरम्भिक दिनमा इनोस नामको चिम्पान्जीलाई अन्तरिक्षमा पठाइएको थियो। अमेरिकाको अन्तरिक्ष अनुसन्धानमा संलग्न संस्थान नासाले ती दिनमा मानिसलाई अन्तरिक्ष र चन्द्रमामा पठाउन जोडदार अनुसन्धान गरिरहेको थियो। त्यसै क्रममा मक्र्युरी प्रोग्रामका लागि भाले चिम्पान्जी इनोसलाई अन्तरिक्षमा पठाउने निर्णय गरियो।
अन्तरिक्षमा मानिसको यात्राको सम्भाव्यता अध्ययन गर्न मक्र्युरी–एट्लस ५ अन्तरिक्षयानलाई मानिस र पशु दुवैलाई बोक्न सक्ने गरी डिजाइन गरियो। जीवित प्राणीमा अन्तरिक्ष यात्राको प्रभावसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क हासिल गर्न त्यस ऐतिहासिक अभियानका लागि इनोसलाई चयन गरिएको थियो।
सन् १९६१ नोभेम्बर २९ मा मक्र्युरी–एट्लस ५ क्याप्सुलमा इनोसलाई राखियो। मक्र्युरी–एट्लस ५ स्पेस क्याप्सुल इनोससहित अन्तरिक्षमा प्रक्षेपण गरियो। अन्तरिक्षमा पुगेर इनोसले सफलतापूर्वक पृथ्वीको फन्को लगायो र त्यस्तो सफलता पाउने मानव जातिसँग मिल्ने पहिलो पशु बन्यो।
इनोसलाई अन्तरिक्षमा पठाएर वैज्ञानिकले अन्तरिक्ष यात्राबाट पर्ने शारीरिक र मानसिक प्रभावका बारेमा महत्त्वपूर्ण तथ्याङ्क प्राप्त गरेका थिए। इनोस यस यात्राले भविष्यमा मानिसलाई अन्तरिक्षमा पठाउने मार्ग प्रशस्त गरेको थियो। त्यसपछि सन् १९६९ मा नासाले अपोलो ११ मार्फत चन्द्रमामा मानिसलाई उतारेको थियो। – युवामञ्च
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















