कालीगण्डकी करिडोर अवरुद्ध

तिलाचन पाण्डे
तम्घास,२६ साउनकालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरदेखि अर्वेनी सडक खण्डको ठूलाखोलामा सडक माथिबाट ठूलो पहिरो खसेका कारण बिहीबार दिउँसोदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउनका लागि तीन वटा स्काभेटर प्रयोग गरिएको सो सडकको पिच गर्ने जिम्मा पाएको कालिका कन्ट्रक्सनका इन्जिनियर गौरवविक्रम शाहले जानकारी दिनुभयो । पहिरोसँगै ठूलो ढुङ्गा खसेको र ढुङ्गा खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको उहाँको भनाइ छ ।

शाहले कुनै समस्या नआएमा शुक्रबार साँझसम्म पहिरो पन्छाउन सकिने सम्भावना रहेको बताउनुभयो ।

गुल्मीको हर्मिचौरदेखि बाग्लुङ बलेवासम्मको ४५ किलोमिटर सडक पिच गर्न  तीन अर्बको लागतमा २०७९ मङ्सिर २६ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

कालीण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले एक सूचना जारी गर्दै सडक खुलाउन समय लाग्ने भएकाले अर्को सूचना जारी नभएसम्म सो सडकमा यात्रा नगर्न अनुरोध गर्नुभएको छ ।

सडक अवरुद्ध हुँदा हर्मिचौरदेखि गाउँपालिकाको केन्द्र पूर्तिघाटसम्म जाने यात्रुहरु र पूर्तिघाटबाट बुटवलसम्म जाने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।स्रोतः गोप

ताजा

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal