पुष्पलाल स्मृति दिवसका अवसरमा राष्ट्रिय युवा संघ स्याङ्जाद्वारा रक्तदान कार्यक्रम, १२८ युनिट रगत सङकलन
वालिङ,७ साउन- ४५औ पुष्पलाल स्मृति दिवसका अवसरमा स्याङ्जामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा कार्यक्रममा १२८ जनाले रक्तदान गरेका छन् । पुतलीबजार नगरपालिका १ को सिटीहलमा राष्ट्रिय युवा संघ नेपाल स्याङजाले पुष्पलाल स्मृति दिवसमा आइतबार गरेको कार्यक्रममा ११९ पुरुष र ९ महिला गरी १२८ जनाले रक्तदान गर्नु भएको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको समन्वयमा गरिएको रक्तदानमा नेकपा एमाले केन्द्रिय सदस्य सिता सुन्दासले रक्तदान जीवन दान भएको बताउदै स्वास्थ्य ठिक भएकाले रक्तदान गर्नुपर्ने बताउनुभयो । पुष्पलालको योगदानलाई भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा हिड्नुपर्नेमा सुन्दासले जोड दिनुभयो ।

युवा संघ स्याङजाका अध्यक्ष पिताम्बर खनालले अस्पतालमा रगतको अभाब देखिएपछि हरेक वर्ष जस्तै खुल्ला रक्तदान गरेको बताउनुभयो । आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले २९ औ पटक रक्तदान गर्नु भएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















