पोखरालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्छ : अर्थमन्त्री पौडेल

पोखरा,१७ पुस– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।

आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पौडेलले विमानस्थलको  सदुपयोग गरेर पोखरालाई पर्यटकको केन्द्रको रुपमा विकास गर्न लाग्नुपर्ने बताउनु भएको हो। 

उहाँले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। उहाँले विमानस्थलको निर्माणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको योगदान रहेको भन्दै स्मरण गर्नुभयो। 

एमाले उपाध्यक्षसमेत रहनु भएका उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिएर सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासनसमेत दिनुभयो। उहाँले भन्नुभयो, ‘‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ। त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्दछु। यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु।’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरू सफल हुनेसमेत बताउनुभयो । 

ताजा

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन

२०८२ मंसिर २५ गते, बिहीबार

रामपुरमा जेष्ठ नागरिक स्कुल सञ्चालन, योगी विकाशानन्दज्यूबाट प्रवचन

२०८२ मंसिर २५ गते, बिहीबार

आजबाट हामी छैटाैँ वर्षमा

२०८२ मंसिर २५ गते, बिहीबार

नागरिकको स्वास्थ्य पहिलो प्राथामिकतामा: मन्त्री पाठक

२०८२ मंसिर २१ गते, आईतवार

प्रथम वालिङ सडक खाना महोत्सव सुरु

२०८२ मंसिर १७ गते, बुधबार

सातौं राष्ट्रपति रनिङशिल्डको उपाधी भुरुङ चौकीले जित्यो

२०८२ मंसिर १७ गते, बुधबार

More than legends: How folk tales bind past and present

२०८२ मंसिर १६ गते, मंगलवार

नेपाल विचरणमा प्रेमिल चरा

२०८२ मंसिर १६ गते, मंगलवार

मौलिक खाना प्रवर्द्धनका लागि सडक महोत्सव

२०८२ मंसिर १६ गते, मंगलवार

वालिङमा सडक खाना महाेत्सव हुने

२०८२ मंसिर १५ गते, सोमबार

भाग्याेदय माविले स्वर्ण महोत्सव मनाउने

२०८२ मंसिर १३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal