एउटै गोल नखाई सेमिफाइनलमा मोरोक्को
काठमाडौं,२५ मङ्सिर– कतारमा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलदेखि चार पटकको च्याम्पियन जर्मनी इङ्गल्यान्ड र स्पेनको विश्वकप यात्रा बीचैमा सकिएको छ ।
चर्चित टोली विश्वकपबाट बाहिरिएसँगै अब साबिक विजेता फ्रान्स, साबिक उपविजेता क्रोएसिया, पूर्व विजेता अर्जेन्टिना र नयाँ टोली मोरोक्कोले सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र क्रोएसिया तथा बुधबार मोरोक्को र साबिक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकपको इतिहासमै अफ्रिकी टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरोक्कोले विश्वकपमा अफ्रिकी देशबाटै पहिलो पटक सेमिफाइनलमा प्रतिनिधित्व गर्ने टोलीको नयाँ इतिहास रचेको छ । इतिहाससँगै मोरोक्को जारी विश्वकपमा एउटै गोल नखाई सेमिफाइनलमा पुग्ने टोलीसमेत बनेको छ।
कतार विश्वकपमा मोरोक्कोले समूह ‘एफ’ बाट प्रतिस्पर्धा गरेको थियो । मोरोक्कोले समूहको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा विश्व नम्बर दुई वरीयताको बेल्जियमलाई २–० गोलले पन्छाएको मोरोक्कोले तेस्रो खेलमा क्यानडालाई २–१ गोलले हराएको थियो ।
तर, मोरोक्कोले क्यानडासँग खाएको गोल आत्मघाती थियो । समूह चरणमा तीन खेलबाट सात अङ्क बनाएको मोरोक्को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । सन् १९८६ पछि मोरोक्को पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
विश्वकप अघि कसैलै नपत्याएको मोरोक्कोको यात्रा बिस्तारै उकालो लागेको छ । मोरोक्कोले नकआउट चरणमा पनि आफ्नो दमदार प्रदर्शन जारी राख्यो । मोरोक्कोले अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई टाइब्रेकरमा ३–० गोलले स्तब्ध बनायो । त्यसपछि क्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डो प्रेरित पोर्चुगललाई १–० गोलको हार चखाएपछि मोरोक्को विश्व फुटबलमा नयाँ शक्तिको रूपमा स्थापित भएको छ ।
सेमिफाइनलसम्म आइपुग्दा बलिया टोलीलाई हराउने र गोल नखाने मोरोक्कोको खेलले विश्व फुटबलमा नयाँ तरङ्ग पैदा भएको छ । त्यसैले बुधबार फ्रान्सले सेमिफाइनलमा भिड्दा मोरोक्कोको कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । एजेन्सी
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















