भ्रममा नपरी ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न एमाले सचिव अर्यालको आग्रह
वालिङ, २९ कात्तिक– यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि मतदान गर्ने दिन नजिकिदै जादा दलहरु आफ्ना उम्मेद्वारको प्रचार प्रसारमा व्यस्त रहेका छन् ।
उम्मेद्वारहरु मतदाताको घर दैलोमै पुगेर मतदाता संग भेटघाट गर्नुका साथै आफ्नाििे पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । स्याङ्जा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्वार बन्नुभएकी नेकपा एमालेकी सचिव एवं पूर्व मन्त्री पद्मा अर्याल र प्रदेश सभा सदस्य क का उम्मेद्वार मोहन रेग्मी गाउँ र टोल टोलमा पुगी मतदाताहरुसँग भेटघाटमा व्यस्त हुनुहुन्छ ।
मङ्गलबार प्रतिनिधि सभा सदस्यका उम्मेदवार पद्मा अर्याल, प्रदेश क का उम्मेदवार मोहन रेग्मी लगायत नेता कार्यकर्ताहरु वालिङ नगरपालिका १४ र भीरकोट ९ सिरकोट तथा साउन्दीका मतदातासँग भेटघाट गर्नुभएको छ ।
भेटघाटका क्रममा एमालेका सचिव एवं पूर्वमन्त्री अर्यालले कसैको भ्रममा नपरी ठुक्क भएर सूर्य चिन्हमा भोट दिएर नेकपा एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।
अर्यालले आँफू लगायत नेकपा एमालेका उम्मेदवारहरुलाई विभिन्न आरोप लगाई भ्रम सिर्जना गर्ने केही झुण्डहरु सामाजिक सञ्जालमा क्रियाशिल भएकाले भ्रममा नपरी ढुक्कसँग सूर्य चिन्हमा मत दिन आग्रह गर्नुभएको हो ।
अर्यालले भन्नुभयो,“कसैको लोभ लालच र प्रलोभनमा नपर्नुहोस् । तपाईहरुको मनलाई मतमा परिणत गर्नुहोस्, तपाईहरुको मतलाई दुरुपयोग गर्ने छैन, यो मेरो प्रकितवद्धता हो ।”
आँफु नगर्ने र गरेकोदेखि नसहनेहरु अहिले आरोपमा उत्रीएको बताउदै त्यस्ता भ्रमबाट मुक्त भएर सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
योजना ल्याउन र काम गर्न नसक्नेहरु अरुलाई आरोप लगाउन मात्रै जानेका हुन्छन् । त्यस्ता व्यक्तिहरु मन गढन्ते आरोप र भ्रामक कुरा जनतालाई झुक्याउने खेलमा लाग्ने अर्यालको भनाइ थियो ।
आँफू मन्त्रालयको जिम्मेवारीमा रहँदा शिक्षा, स्वास्थ्य, कृषि र बाटोघाटो निर्माणका क्षेत्रमा काम गरेको जनताकाबीचमा स्पष्ट रहेको उल्लेख गर्दै अर्यालले केहि पूरा भएका र केहि अधुरा रहेको बताउनुभयो । ती अधुरा र आँफूले थालनी गरेका योजनाहरुलाई निरन्तरता दिनका लागि पनि यस पटक आँफ्नो उम्मेवारी रहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“नेकपा एमालेको नेतृत्वमा भएको सरकारले विभिन्न योजनाहरुमा छुट्याएका बजेट गठवन्धन सरकारले कटौती गरेर अलपत्र पारेको छ । जनतालाई महङ्गीको मारमा पारेर आकुल व्याकुल बनाएको छ । राष्ट्र र राष्ट्रियताका सवालमा कुनै सरोकार नराख्ने गठवन्धनबाट मुक्त हुन जरुरी छ । त्यसैले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयमा काम गरी भविष्य निर्माणका लागि एमालेको सरकार आवस्यक छ ।”
कार्यक्रममा प्रदेश सभा सदस्य क का उम्मेद्वार मोहन रेग्मीले एमालेले गरेका कामलाई ओझेल पार्न गठवन्धन सरकारले बजेट कटौती गरेको बताउदै आफुहरु बिजयी भएपछि पुन ति योजनाहरुलाई निरन्तरता दिने बताउनुभयो ।
गठवन्धनका नेताहरु हारको मानसिकताले ग्रसित भएर तथानाम बोल्ने गरेको रेग्मीको भनाई थियो ।
पूर्वाधार विकासका साथै युवाहरुका पक्षमा नेकपा एमालको सरकारका पालामा धेरै काम भएको बताउदै थप काम गर्ने वातावरण निर्माण गर्नको लागि नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । जनताका आवश्यकता र चाहानाहरु संग आफुहरु जानार भएपनि सबैकाम एकैपटक पुरा गर्न नसकिएको बताउदै मंसिर ४ पछि बन्ने एमालेको सरकारले जनचाहाना पुरा गर्ने गरि काम गर्ने समेत बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















