गल्याङमा गरिएको नमूना मतदानमा १० प्रतिशत मत बदर


गल्याङ,२८ कात्तिक– गल्याङबजारमा गरिएको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले गरेको नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर भएको हो ।

गल्याङ नगरपालिकाको सिटी हलमा भएको नमूना मतदानको क्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो । जम्मा ४५ जनाले गरेको मदतानमा १० प्रतिशत मत बदर भएको गल्याङ नगरपालिका प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले जानकारी दिनुभयो ।

कर्मचारी तथा जनप्रतिनिधिले गरेको मतदानमा नै १० प्रतिशत मत बदर भएपछि यस पटक मत बदरको संख्या बढ्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले भने यस पटक मत बदरको संख्या शुन्यमा झार्ने भन्दै मतदाता शिक्षालाई जोड दिइरहेको बताएको छ ।

यसअघि निर्वाचन कार्यालयले सोमबार नै कालिगण्डकी गाउँपालिकामा नमूना मतदान गरेको जनाइएको छ ।
यसैबीच, जिल्ला निर्वाचन कार्यालयले नमूना मतदानको क्रममा सञ्चारकर्मीलाई निषेध गरेको छ । कार्यालयले गरेको नमूना मतदानमा पत्रकारलाई आमन्त्रण नगरेको बुझिएको छ । जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले पत्रकारलाई निमन्त्रणा नगर्ने कार्यालयको नियत नभएको दावी गर्दै समन्वयको अभाव भएको स्विकार गर्नुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal