माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं,२८ कात्तिक–  काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका राकेश श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो । 

माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहनुभएका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई एक कार्यक्रमबीच एमालेमा नेता पोखरेलले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलसहित निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो । 

काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । श्रेष्ठसँगै स्थानीय कार्यकर्ताहरू शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गङ्गालाल श्रेष्ठ, विनोद गौतम, नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी, सुनिता विष्ट, विशाल कार्की, विमल मगर, दिपेश श्रेष्ठ, रुपेश महर्जन, सीता भण्डारी, विकास थापामगर लगायत २८ जना एमाले प्रवेश गर्नुभयो ।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उहाँले देशलाई माया गर्नेहरुलाई एमालेमा समाहित हुन आह्वान पनि गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले चर्चा गर्नुभयो । गोप

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal