माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं,२८ कात्तिक– काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बन्नुभएका राकेश श्रेष्ठसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार टोखामा आयोजित कार्यक्रममा उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो ।
माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहनुभएका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभयो । उहाँहरूलाई एक कार्यक्रमबीच एमालेमा नेता पोखरेलले स्वागत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलसहित निर्वाचन परिचालन कमिटीका संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभयो ।
काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा उहाँले तेस्रो स्थान हासिल गर्नुभएको थियो । श्रेष्ठसँगै स्थानीय कार्यकर्ताहरू शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गङ्गालाल श्रेष्ठ, विनोद गौतम, नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी, सुनिता विष्ट, विशाल कार्की, विमल मगर, दिपेश श्रेष्ठ, रुपेश महर्जन, सीता भण्डारी, विकास थापामगर लगायत २८ जना एमाले प्रवेश गर्नुभयो ।
कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उहाँले देशलाई माया गर्नेहरुलाई एमालेमा समाहित हुन आह्वान पनि गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले चर्चा गर्नुभयो । गोप
ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार