आफुबाट सम्पत्तिको छानविन सुरु गर्न काङ्ग्रेस उम्मेद्वार गुरुङको आग्रह
गल्याङ,२७ कात्तिक– नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गर्नुभयो । स्याङ्जाको गल्याङबजारमा गरिएको चुनावी घरदैलो तथा कोणसभामा उहाँले भ्रष्ट प्रबृत्ति नै विकासको बाधक भएकाले यसको अन्त्यका लागि आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । आफु कुनै पार्टीको विरोधी नभएको भन्दै उहाँले अहिलेको मुख्य सत्रु भ्रष्ट्राचार, गरिबी र बेरोजगारी रहेको बताउनुभयो ।
गुरुङ्ले भन्नुभयो,‘हामी भन्दा पछाडि रहेका देशहरु अहिले धेरै अगाडि पुगिसके । हाम्रोमा भ्रष्ट प्रबृत्तिले सम्मुनति हुन दिएन । त्यसैले एमालेका साथीहरुलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।’
२०३६ सालदेखि राजनीति गरिरहेको भन्दै उहाँले आफु अहिले पनि काठमाडौंमा डेरामा बस्ने गरेको बताउनुभयो । दलहरुमा रहेको भ्रष्ट प्रबृत्तिको अन्त्य आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै त्यसपछि विकास निर्माणका कामहरु क्रमशः हुँदै जाने बताउनुभयो । गुरुङले स्थानीय स्तरमा भएका समस्याहरु समाधान गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















