आफुबाट सम्पत्तिको छानविन सुरु गर्न काङ्ग्रेस उम्मेद्वार गुरुङको आग्रह

गल्याङ,२७ कात्तिक– नेपाली काङ्ग्रेसका उपसभापति तथा स्याङ्जा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार धनराज गुरुङले सबै नेताको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले त्यसको सुरुवात आफुबाट गर्न आग्रह गर्नुभयो । स्याङ्जाको गल्याङबजारमा गरिएको चुनावी घरदैलो तथा कोणसभामा उहाँले भ्रष्ट प्रबृत्ति नै विकासको बाधक भएकाले यसको अन्त्यका लागि आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । आफु कुनै पार्टीको विरोधी नभएको भन्दै उहाँले अहिलेको मुख्य सत्रु भ्रष्ट्राचार, गरिबी र बेरोजगारी रहेको बताउनुभयो ।

गुरुङ्ले भन्नुभयो,‘हामी भन्दा पछाडि रहेका देशहरु अहिले धेरै अगाडि पुगिसके । हाम्रोमा भ्रष्ट प्रबृत्तिले सम्मुनति हुन दिएन । त्यसैले एमालेका साथीहरुलाई पनि रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।’

२०३६ सालदेखि राजनीति गरिरहेको भन्दै उहाँले आफु अहिले पनि काठमाडौंमा डेरामा बस्ने गरेको बताउनुभयो । दलहरुमा रहेको भ्रष्ट प्रबृत्तिको अन्त्य आफ्नो प्रमुख एजेण्डा रहेको भन्दै त्यसपछि विकास निर्माणका कामहरु क्रमशः हुँदै जाने बताउनुभयो । गुरुङले स्थानीय स्तरमा भएका समस्याहरु समाधान गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal