निर्वाचनपछि गठबन्धनकै सरकार : प्रवक्ता डा. महत

मोरङ,२३ कात्तिक–  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न   प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो , “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्यधिक स्थानमा विजयी हुन्छन् ।  केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।”

प्रतिनिधि  तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा  प्रवक्ता डा. महतले सम्पूर्ण नागरिकलाई जोड्न नेतृत्व गर्ने पार्टी कांग्रेस मात्र भएकाले बताउनुभयो ।  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन  केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका नेता डा.  महतले भन्नुभयो “कांग्रेसले अन्य दलको जस्तो सपना बाँड्न काम गर्दैन , जे बोल्छ त्यो पूरा गर्छ । 

मुलुकमा पछाडि परेका लक्षित वर्गलाई केन्द्र बिन्दुमा राखेर पार्टीले विभिन्न योजना ल्याएको जानकारी दिनु हुँदै उहाँले कोखदेखि शोकसम्म, ज्येष्ठ नागरिक उपचार, सामाजिक सुरक्षा भत्तामा ६५ वर्षमा प्राप्त गर्ने जस्ता कार्यक्रम आफ्नो चुनावी घोषणापत्रमा  ल्याएको बताउनुभयो । एक प्रश्नको जवाफमा पार्टीका प्रवक्ता डा. महतले मुलुकमा रोजगारीको सिर्जना गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र सरकारले उद्योग सञ्चालन गर्न हुँदैन भनेर सरकारी उद्योग निजी क्षेत्रमा हस्तान्तरण गरेको हो ।रासस

ताजा

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

कविता: रैती

२०८१ माघ ३ गते, बिहीबार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal