ओकेबाजेको चौरासी पुजाको खर्च सार्वजनिक


रामपुर,१५ कात्तिक– जापानिज नागरिक काजुमासा काकिमी ओकेवाजेको गंगा माध्यामिक विद्यालय रामपुरमा गरिएको चौरासी पुजाको खर्च सार्वजनिक गरिएको छ ।

विगत ३० वर्ष देखी पाल्पामा रहेर शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएका ओकेबाजे चौरासी वर्ष पुगेको अवसरमा गंगा माध्यमिक विद्यालय रामपुर नगरपालिका ८ एक्लेटारमा पुजामा भएको खर्च मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक तथा पुजा व्यवस्थापन मुल आयोजक समिति अध्यक्ष देवराज देवकोटाले ११ लाख १७ हजार ५ सय ५५ रुपैँया संकलन भएको र पुजामा ७ लाख १६ हजार ५ सय ९१ रुपैँया खर्च भएको बताउनुभयो । उहाँले बाकी ४ लाख ९ सय ६४ रुपैँया ओकेबाजेलाई हस्तान्तरण गर्नुभएको छ । पुजाको लागि खोलिएको बैंक खाता बन्द गरि बचेको रकम आज पत्रकार सम्मेलनका अवसरमा ओकेबाजेलाई हस्तान्तरण गरिएको हो ।

पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक देवकोटाले विगत लामो समयदेखि शिक्षा क्षेत्रमा ओकेबाजेले महत्वपूर्ण पुर्याएकोले उहाँको सम्मानका लागि चौरासी पुजा गरिएको बताउनुभयो । पुजाको लागि आवस्यक पर्ने सबै कार्यमा स्थानीय बासिन्दाले सहयोग पुर्याएका थिए । उहाँको सम्मानमा जिल्लाका स्थानीय तहका साथैै विद्यालयहरुले सहयोग गरेका थिए ।

कार्यक्रममा काजुमासा काकिमि ओकेबाजेले पाल्पालीको मायाले आफुलाई लोभ्याएको बताउनुभयो ।
ओकेबाजेले जीवनको लामो समय देखि आफ्नो देश जापान छोडेर नेपालमा रहेर पाल्पा क्षेत्रको विकासमा सहयोग गर्दै आउनुभएको छ ।

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal