ओकेबाजेको चौरासी पुजाको खर्च सार्वजनिक
रामपुर,१५ कात्तिक– जापानिज नागरिक काजुमासा काकिमी ओकेवाजेको गंगा माध्यामिक विद्यालय रामपुरमा गरिएको चौरासी पुजाको खर्च सार्वजनिक गरिएको छ ।
विगत ३० वर्ष देखी पाल्पामा रहेर शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएका ओकेबाजे चौरासी वर्ष पुगेको अवसरमा गंगा माध्यमिक विद्यालय रामपुर नगरपालिका ८ एक्लेटारमा पुजामा भएको खर्च मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक तथा पुजा व्यवस्थापन मुल आयोजक समिति अध्यक्ष देवराज देवकोटाले ११ लाख १७ हजार ५ सय ५५ रुपैँया संकलन भएको र पुजामा ७ लाख १६ हजार ५ सय ९१ रुपैँया खर्च भएको बताउनुभयो । उहाँले बाकी ४ लाख ९ सय ६४ रुपैँया ओकेबाजेलाई हस्तान्तरण गर्नुभएको छ । पुजाको लागि खोलिएको बैंक खाता बन्द गरि बचेको रकम आज पत्रकार सम्मेलनका अवसरमा ओकेबाजेलाई हस्तान्तरण गरिएको हो ।
पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक देवकोटाले विगत लामो समयदेखि शिक्षा क्षेत्रमा ओकेबाजेले महत्वपूर्ण पुर्याएकोले उहाँको सम्मानका लागि चौरासी पुजा गरिएको बताउनुभयो । पुजाको लागि आवस्यक पर्ने सबै कार्यमा स्थानीय बासिन्दाले सहयोग पुर्याएका थिए । उहाँको सम्मानमा जिल्लाका स्थानीय तहका साथैै विद्यालयहरुले सहयोग गरेका थिए ।
कार्यक्रममा काजुमासा काकिमि ओकेबाजेले पाल्पालीको मायाले आफुलाई लोभ्याएको बताउनुभयो ।
ओकेबाजेले जीवनको लामो समय देखि आफ्नो देश जापान छोडेर नेपालमा रहेर पाल्पा क्षेत्रको विकासमा सहयोग गर्दै आउनुभएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















