सूर्योदय बचत तथा ऋण सहकारीको २१ औं साधारणसभा सम्पन्न

स्याङ्जा३० असोज– सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
एक कार्यक्रमका विच साधारणसभाकोे नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पौड्यालले सूर्योदय सहकारीले गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै सहकारीको दिगो र संस्थागत विकासका लागि स्तरीकरण कार्यक्रम र उच्चस्तरीय प्रविधिको विकासक अपरिहार्य रहेको बताउनुभयो । उहाँले समृद्ध सदस्यनै दिगो साकोस विकासको आधार भएकोले सदस्य हितका कार्यक्रम तथा सदस्य सेवालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
२०५५ साल पुस २५ गते स्थापना भएको सूर्योदय सहकारीले स्याङ्जाले जिल्लाभर कार्यक्षेत्र विस्तार गरेर सेवा प्रदान गर्दै आएको छ, भने सहकारीले ९ हजार १ सय ६९ शेयर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा रु ४८ करोड १६ लाख ३८ हजार ५६३ रुपैँया बचत संकलन गर्नुकासाथै रु ५४ करोड ६० लाख ६३ हजार ५८ रुपैँया ऋण लगानी गरी गत आर्थिक वर्षमा सहकारीले रु ३ करोड ८ लाख ५६ हजार ६७७ रुपैँया कुल सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको सूर्योदय सहकारीले जनाएको छ ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कमलादेवी गिरी, संस्थाका संरक्षक अनन्त कुमार श्रेष्ठ, जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, रेडियो स्याङजारस्याङ्जा टेलिभिजनका प्रवन्धक एकबहादुर गोदार लगायतले बोल्नुभएको थियो ।
संस्थाका सचिव राजेन्द्र प्रसाद शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष राममाया अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका व्यवस्थापक ध्रुवनारायण श्रेष्ठले सहकारीको आगामी कार्ययोजना, लक्ष्य संस्थागत विकास कुल वासलात ६६ करोड ९७ लाख ३५ हजार ७३१ रुपैंया रहेको प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियो ।
५ करोड २८ लाख २२ हजार संस्थागत कोष रहेको सहकारीले सदस्यहरुलाई बचत तर्फ ६.१२ प्रतिशत र ऋण तर्फ ५.०८ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष उपलब्ध गराइने जनाएको छ भने सदस्यहरुका लागि १५.८० प्रतिशत शेयर लाभाशं प्रस्ताव साधारणसभा मार्फत पारित गरेको छ । आँधिखोला गाउँपालिकाको जुग्ले, पुतलीबजार नगरपालिका स्याङ्जा, बिरुवा गाउँपालिकाको बिरुवा र चापाकोट नगरपालिकाको साँखर सेवा केन्द्र सञ्चालन गरेर सेवा दिदैआएकोछ भने सहकारीमा २७ जना कर्मचारी कार्यरत रहेकाछन् ।
सहकारीमा १ हजार ९ सय ७६ जना बालबचतकर्ताले नियमित बचत गर्दै आएको संस्थाका अध्यक्ष हुमबहादुर कुमालले बताउनुभयो ।
कार्यक्रममा एसईई देखि स्नातकोत्तर सम्म अध्ययनरत गर्ने विद्यर्थी नियमित बचत कर्ता,असल सेवाग्राही,जेष्ठ नागारीक, बाल तथा खुतरुके बचत लगायतका बिधाहरुमा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यसैगरी सहकारीले बिरुवा गाउँपालिकामा पनि वार्षिक साधारण सभाको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुरु कुँवरले सहकारीले बिरुवा बासिलाई आर्थिक कार्य गर्न महत्वपूर्ण सहयोग पुर्याएको बताउनुभएको थियो । साथै सहकारीले विभिन्न क्षेत्रमा रहेर सहयोग पुर्याउनेहरुलाई सम्मान समेत गरेको थियो ।

ताजा

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

२०८३ असार ३२ गते, बिहीबार

पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु

२०८३ असार ३२ गते, बिहीबार

निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय  सर्वोच्चद्वारा बदर

२०८३ असार ३० गते, मंगलवार

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

२०८३ असार ३० गते, मंगलवार

मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस

२०८३ असार २९ गते, सोमबार

वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित

२०८३ असार २८ गते, आईतवार

श्रमजीवी पत्रकारको करार नतोड्न  नेपाल पत्रकार महासंघको आग्रह

२०८३ असार २६ गते, शुक्रबार

मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ

२०८३ असार २६ गते, शुक्रबार

विद्युत् सर्ट भई आगलागी हुँदा दुई बाख्रा र पाँच कुखुरा जले

२०८३ असार २६ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal