सूर्योदय बचत तथा ऋण सहकारीको २१ औं साधारणसभा सम्पन्न

स्याङ्जा३० असोज– सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
एक कार्यक्रमका विच साधारणसभाकोे नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पौड्यालले सूर्योदय सहकारीले गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै सहकारीको दिगो र संस्थागत विकासका लागि स्तरीकरण कार्यक्रम र उच्चस्तरीय प्रविधिको विकासक अपरिहार्य रहेको बताउनुभयो । उहाँले समृद्ध सदस्यनै दिगो साकोस विकासको आधार भएकोले सदस्य हितका कार्यक्रम तथा सदस्य सेवालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।
२०५५ साल पुस २५ गते स्थापना भएको सूर्योदय सहकारीले स्याङ्जाले जिल्लाभर कार्यक्षेत्र विस्तार गरेर सेवा प्रदान गर्दै आएको छ, भने सहकारीले ९ हजार १ सय ६९ शेयर सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा रु ४८ करोड १६ लाख ३८ हजार ५६३ रुपैँया बचत संकलन गर्नुकासाथै रु ५४ करोड ६० लाख ६३ हजार ५८ रुपैँया ऋण लगानी गरी गत आर्थिक वर्षमा सहकारीले रु ३ करोड ८ लाख ५६ हजार ६७७ रुपैँया कुल सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको सूर्योदय सहकारीले जनाएको छ ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कमलादेवी गिरी, संस्थाका संरक्षक अनन्त कुमार श्रेष्ठ, जिल्ला बचत संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, रेडियो स्याङजारस्याङ्जा टेलिभिजनका प्रवन्धक एकबहादुर गोदार लगायतले बोल्नुभएको थियो ।
संस्थाका सचिव राजेन्द्र प्रसाद शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष राममाया अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका व्यवस्थापक ध्रुवनारायण श्रेष्ठले सहकारीको आगामी कार्ययोजना, लक्ष्य संस्थागत विकास कुल वासलात ६६ करोड ९७ लाख ३५ हजार ७३१ रुपैंया रहेको प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियो ।
५ करोड २८ लाख २२ हजार संस्थागत कोष रहेको सहकारीले सदस्यहरुलाई बचत तर्फ ६.१२ प्रतिशत र ऋण तर्फ ५.०८ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष उपलब्ध गराइने जनाएको छ भने सदस्यहरुका लागि १५.८० प्रतिशत शेयर लाभाशं प्रस्ताव साधारणसभा मार्फत पारित गरेको छ । आँधिखोला गाउँपालिकाको जुग्ले, पुतलीबजार नगरपालिका स्याङ्जा, बिरुवा गाउँपालिकाको बिरुवा र चापाकोट नगरपालिकाको साँखर सेवा केन्द्र सञ्चालन गरेर सेवा दिदैआएकोछ भने सहकारीमा २७ जना कर्मचारी कार्यरत रहेकाछन् ।
सहकारीमा १ हजार ९ सय ७६ जना बालबचतकर्ताले नियमित बचत गर्दै आएको संस्थाका अध्यक्ष हुमबहादुर कुमालले बताउनुभयो ।
कार्यक्रममा एसईई देखि स्नातकोत्तर सम्म अध्ययनरत गर्ने विद्यर्थी नियमित बचत कर्ता,असल सेवाग्राही,जेष्ठ नागारीक, बाल तथा खुतरुके बचत लगायतका बिधाहरुमा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यसैगरी सहकारीले बिरुवा गाउँपालिकामा पनि वार्षिक साधारण सभाको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ । बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुरु कुँवरले सहकारीले बिरुवा बासिलाई आर्थिक कार्य गर्न महत्वपूर्ण सहयोग पुर्याएको बताउनुभएको थियो । साथै सहकारीले विभिन्न क्षेत्रमा रहेर सहयोग पुर्याउनेहरुलाई सम्मान समेत गरेको थियो ।

ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार