महिला फुटबल वालिङमा सुरु, पुलिसको विजयी सुरुवात


वालिङ,२७ असोज– वालिङमा आजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबल विजयी सुरुवात गरेको छ ।

रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो विजयी यात्राको सुरुवात गरेको हो ।
बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा नीरु थापाको गोलबाट अग्रता लिएको पुलिसले १८ औँ मिनेट पुग्दा पुन दोस्रो गोल गर्न सफल भएको थियो । रेखा पौडेलले एक्लो प्रयासका गोल गर्नुभयो । २१औँ मिनटमा पौडेलले दोस्रो गोल गर्नुभयो । २३औँ मिनेटमा पौडेलले ह्याट्रिक पूरा गर्नुभयो । ८७औँ नीरु थापाले गोल गरेर पुलिसलाई विजयी गराउनुभयो ।

यसैगरी दोस्रो खेलमा आर्मीले शुन्यका विरुद्ध ६ गोल गर्दै जीत निकालेकोे छ । शुक्रबार तीनखेल हुने जिल्ला खेलकुद समितिका अध्यक्ष गीरीबहादुर गुरुङ मोहनले जानकारी गराउनुभयो । अध्यक्ष गुरुङका अनुसार शुक्रबार विहान ९ बजे पहिलो खेल एपिएफ र प्रदेश नंवर १ बीच हुनेछ । यसैगरी दोस्रो खेल दिउसो १२ः ३० बजे र तेस्रोखेल ३ः ३० बजे हुने छ ।

असोज २८ शुक्रबार उद्घाटन भएर कात्तिक ३ गतृेसम्म सञ्चालन हुने प्रतियोगिताको समय तालिका भएपनि समय अभावका कारण औपचारिक उद्घाटन नहुदै प्रतियोगिताको सञ्चालन गरिएको हो ।

वालिङ नगरपालिका ८ स्थित मालेबगरमा सञ्चालन भएको प्रतियोगिताकोे जिल्ला समन्वय स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीेले खेलाडीहरुलाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गर्नुभएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal