घोडा संरक्षण गर्न घोडा दौड

जुम्ला,१७ असोज– जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न  घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित  सो प्रतियोगितामा यस वर्ष ३५ घोडा सहभागी भएका थिए ।

करिब १७ वर्ष अघि जुम्ला विमानस्थलमा हुँदै आएको सो प्रतियोगिता बन्द भएपछि क्लबले यसवर्ष पुनः सञ्चालन गरेको क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । जुम्ली घोडाको संरक्षण, पहिचान र प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।

“समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ ”, उहाँले भन्नुभयो, “चौडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा मौलिकता लोप हुने स्थितिमा पुगेका छन् । तीन तहै सरकारले सहयोग गरेका छैन । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँछ ।”

सो प्रतियोगितामा चन्दननाथ नगरपालिका–८ का आनन्द धराला, गुठीचौर गाउँपालिका–१ का हरिप्रसाद बस्नेत र गुठीचौर –२ का कालीप्रसाद बोहोरा  क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएकोे थियो भने खुलातर्फ विकास बोहोरा, शङ्कर रोकाया र विपेन बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको  क्लबले जनाएको छ । त्यस्तै पालिततर्फ चन्दननाथ नगरपालिका–१० का हर्कबहादुर शाही, गुठीचौर गाउँपालिका–५ का बीर्खबहादुर भण्डारी र गुठीचौर –२ का मुनसुर बोहोरा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको क्लबले जनाएको छ । प्रतियोगिताको सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच, तीन र दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal