दशैँको लागि मौसम अपडेट: टिकाको दिनदेखि ३ दिनसम्म वर्षा हुने

काठमाडौँ,१६ असोज– नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने बताएको हो । महाशाखाका मौसमविद् सजिना शाक्यले यो वर्ष मनसुन सरदरभन्दा बढी रहने देखिएकाले दसैँका तीन÷चार दिन वर्षाको सम्भावना रहेको बताउनुभयो ।
कति दिन वर्षा

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१ गतेसम्म नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको महाशाखाले उल्लेख  गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले दसैँको नवमी, विजया दशमी र एकादशीमा मनसुनी वर्षा हुनेछ ।

उक्त समय देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्रहरु प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसारणमा र सरोकारवाला निकायमा अनुरोध गरेको छ ।

दसैँको मौसम
मौसम बुलेटिन अनुसार नवमीका दिन देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १९ गते विजय दशमीका दिन देशभर बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । असोज २० गते एकादशीका दिन पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

आजको मौसम
आज देशभर सामान्यतया बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यले जानकारी दिनुभयो । आज काठमाडौँको न्यूनतम १९ र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्रि सेल्सियस रहेको छ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal