राम्दीको विकास आवश्यक ः नगर प्रमुख भट्टराई
टिकाराम अधिकारी
गल्याङ,११ असोज– गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले राम्दीको विकास आवश्यक रहेको बताउनुभएको छ ।
सम्पूर्ण मानव जगतको कल्याण गरि सभ्यता र धार्मिक तथा सांस्कृतिक पर्यटकीय हिसाबले पनि राम्दीको महत्व धेरै भएकाले यस क्षेत्रको विकास आवशयक रहेको बताउनुभएको हो । सभ्यता र सस्कृतिको विकासको धरोहर हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको राम्दी क्षेत्रको विकासका लागि नगरपालिकाका तर्फबाट सक्दो पहल गर्ने नगरप्रमुख भट्टराईले बताउनुभयो ।

गल्याङ नगरपालिका राम्दीमा संस्कृत गुरुकुलम्को आयोजनामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ४ कोठे पक्की भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले सो कुरा बताउनुभएको हो । पवित्र धार्मीक स्थलको रुपमा रहेको राम्दी स्याङ्जा पाल्पा मात्रैको नभएर सम्पूर्ण हिसावले यस संग जोडिएको प्रभावित क्षेत्र र सबै वर्ग जातजाति धार्मिक सांस्कृतिक क्षेत्रको विकास गर्ने पक्षमा आफू निरन्तर लागि पर्ने र सबै मिलेर यस क्षेत्रका विकासका लागि लाग्नुपर्ने समेत बताउनुभयो ।
हाम्रो धर्म संस्कार संस्कृति संरक्षण गरेर सव्यता बचाउदै अगाडि वढ्न आवश्यक रहेको सम्पूर्ण मानव जातिको कल्याण गरेर अगाडि वढ्नु कुरामा आफू र नगरपालिका सधै लागि पर्ने कुरा नगर प्रमुख भट्टराई बताउनु भयो । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, गल्याङ नगरपालिका १ का वडाअध्यक्ष मणि प्रसाद वस्याल, गल्याङ नगरपालिका नगर शिक्षा समितिका सदस्य द्रर्बेन्द्रदेव खनाल लगायतले बोल्नुभएको थियो ।

ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















