भ्रष्टाचारीलाई जेलमा कोच्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको चेतावनी


हिमलाल पराजुली
वालिङ,१७ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले भ्रष्टाचारीलाई जेलमा कोच्न चेतावनी दिनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज वालिङमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । सभापती लामिछानेले आफुलाई ठुला दल हु भन्नेहरुले जनताको हितमा काम गर्न नसकेकोले आफुहरु राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्न बाध्य भएको बताउनुभएको छ ।

आफुलाई ठुलो दलको नेता भन्न रुचाउनेहरुका कारण नै देश बर्वाद हुने स्थितीमा पुगेकोले बिभिन्न पेशा र व्यावसायलाई छाडेर आफुहरु राजनीतिमा आएको सभापती लामिछानेको भनाइ थियो । सभापती लामिछानेले भन्नुभयो, अहिलेका दलहरुले भ्रष्टाचारको कुनै पनि फाइल खोल्दैनन् किन भने एकले एउटा फाइल खोल्दा अर्कोले अर्को फाइल खोल्ने भयले अहिलेका दलहरु तैचुप मैचुपको अवस्थामाछन् ।” देशको विकासको लागि र नेपाली जनतालाई अन्धकारमा राख्नेहरुलाई जेलमा कोच्न पनि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकार आवश्यक रहेको उहाँको भनाइ थियो ।

देशमा बढ्दै गएको अराजकता हत्या हिंसा र बलात्कारका घटना बढ्दै जादा पनि बलात्कारीलाई दलीय संरक्षण दिएर जोगाउँनु दुःखद भएको बताउदै यस्तो बेथितिको अन्त्यको लागि यही मङ्सिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गर्न समेत आग्रह गर्नुभयो । यो चुनाव मात्रै नभएर रणसंग्राम भएकोले कयौ नेताहरुको यो अन्तिम चुनाव भएकोले अन्तिम अवस्थामा पुगेकालाई मतदान गररे पाँच वर्ष पछि पर्नु भन्दा भ्रखरै उदाउदै गरेको नयाँ पुस्तालाई देशको जिम्मा लगाउने जिम्मा जनताको हातमा रहेको सभापती लामिछानेको भनाइ थियो ।

दैनिक रुपमा युवा पुस्ता रोजगारीको लागि विदेशीने, दुरदराजका जनता उपचारको अभावमा मृत्युवरण गर्न बाध्य भएको र गरीबका छोराछोरीहरुले अहिले पनि शिक्षाको अवसरबाट बञ्चित हुनुपर्ने अवस्था आउदा पनि राज्यको ध्यान पुग्न नसक्नु नै नेपाली जनताको दुर्भाग्य भएको उहाँको भनाइ थियो । देशको यही अवस्थालाई परिवर्तन गर्न आफु राजनीतिमा आएको पनि लामिछानेले बताउनुभयो ।

एक फरक प्रसंगमा अध्यक्ष लामिछानेले नेपाली कांग्रेसले एक अतिथि बक्ताको रुपमा आएर बोलेका बक्तालाई पार्टीबाट कारबाही गरेर इट्टा भत्तामा जिउदै मान्छे जलाउने अफताब आलमलाई उम्मेदवारको रुपमा प्रस्तुत गर्नुले नै कांग्रेस कस्तो हो भन्ने कुरा प्रष्ट भएको बताउदै आफ्नो पार्टी प्रति घात गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई घात गर्न नपाउने बताउनुभयो । उहाँले असल उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले स्थान दिने पनि बताउनुभयो ।

नागरिकता विधेकका बोरेमा आफ्नो पार्टीको स्पष्ट धारणा रहेको बताउदै नेपाली पुरुष संग बिभाह गरेकी विदेशी महिलालाई सात वर्ष पछि मात्र नागरिकता दिनुपर्ने आफ्नो दलको मान्यता रहेको सभापती लामिछानेको भनाइ थियो ।
कार्यक्रममा डा.ढाका श्रेष्ठ गण्डकी प्रदेश सभापती, नेता मेघ आले लगायले बोल्नुभएको थियो ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal