टिकराज गुरुङद्वारा स्याङ्जा २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घाेषणा
वालिङ,१५ भदाै- स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकाे लागि टिकराज गुरुङ (सुकलापुत्र नेपाली)ले स्वतन्त्र उम्मेदवारी घाेषणा गर्नु भएकाे छ । यही मङ्सिर ४ गते हुने निर्वाचनकाे लागि गुरुङले आफ्नाे उम्मेदवारी घाेषणा गर्नुभएकाे हाे ।
वालिङ नगरपालिका ८ मा बस्दै आउनुभएका गुरुङ लामाे समय देखि शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्याे। शिक्षण पेशाका साथै संचार कर्मी र सामाजिक क्षेत्रमा समेत सहभागी हुँदै आउनुभएकाे गुरुङले गएराति करिब १२:३० बजेकाे आसपासमा आफ्नाे जन्म दिनकाे अवसर पारेर सामाजिक सञ्जाल फेशबुक मार्फत आफ्नाे उम्मेदवरी घाेषणा गर्नु भएकाे हाे।
उहाँ उम्मेदवारी संगै सामाजिक सञ्जालमा अगाडि बढ्न हाैसला प्रदान गर्दै विभिन्न ब्याक्तिहरुबाट शुभकामना आइरहेकाे छ।
उम्मेदवारी घाेषणा गर्दा गुरुङले लेखेकाे फेशबुक स्टाटस यस्ताे छ।
आज भदाै १५, म मेरी आमाकाे पवित्र गर्भबाट यस धर्तिमा अवतरण गरेकाे पुण्य दिन हाे । थाहा छैन जीउने क्रममा आजसम्म मैले कति धेरै पाप गरेँ अनि कति थाेरै पुण्य ? तर आज मेराे आमाकाे गर्भकाे अनि जन्मभूमिकाे माटाेकाे कसम खाएर फेरि म भन्छु:- -“जनता, समाज र देशकाे अहित हुने कर्म म कदापि गर्ने छैन ।” यहाँहरुकाे आत्मीय माया, स्नेह, साथ, समर्थन, सद्भाव, सदाशयता, शुभेच्छा, साहस, हाैसला, उत्साह, प्रेरणा र आशीर्वादप्रति उच्च सम्मान प्रकट गर्दै आज याे निर्णय गरिरहेकाे छु । याे निर्णय अर्थात घाेषणा गर्ने उर्जा पनि यहाँहरुबाट नै प्राप्त गरेकाे हुँ । हुन त पुरै मेनु हेरेर अन्तिममा सँधै माेमाे खाने समाजमा हुर्किरहेका मान्छे हाैं हामी । फेरि पनि यस पटक याे निर्णयकाे भेलमा वारि छाड्ने, पारि तार्ने या मझधारमा डुबाउने …..त्याे चावी यहाँहरुकाे हातमा नै छ …..वस म त समयकाे चक्रले अगाडि बढाएकाे एउटा कथाकाे एउटा पात्र मात्र हुँ । सिङ्गाे कथाकाे लेखक, निर्देशक र निर्माता त यहाँहरु नै हुनुहुन्छ । म विश्वस्त छु मेराे याे घाेषणाले यहाँहरुकाे भावनामा कुनै किसिमकाे आघात हुने छैन । म सँधै तपाईहरुकाे भावना अनुसार नै अगाडि बढिरहने छु । तर कहिँ कतै कसैलाई अन्यथा लाग्न गएमा अग्रिम क्षमाप्रार्थी चाहन्छु । सबैकाे आकाँक्षा पूरा गर्न त सकिँदैन हाेला । म जहाँ छु जसरी जुन धरातलमा छु त्याे भन्दा फरक धरातलमा उभिने छैन । मलाई जुन रुपमा विश्वास गर्नुहुन्छ, म त्यही रुपमा रहिरहने छु । तर स्वतन्त्र शब्दसँग भावना, विचार, कर्म र मर्म मिल्ने सबै सराेकारवाला पक्षहरुसँग समानान्तर रुपमा सहकार्य अनि समन्वय गर्दै अगाडि बढ्ने प्रण गर्दछु । सबैलाई मेराे हार्दिक नमन 🙏
उही नजिककाे भुँईमान्छे :-
टिकराज गुरुङ / सुकलापुत्र नेपाली
वालिङ, स्याङजा ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















