व्यासको जन्मभूमि र पराशरको तपोभूमि दमौलीलाई धार्मिक पर्यटनको केन्द्र बनाइने

कृष्ण न्यौपाने

दमौली,११ भदौ– व्यासको जन्मभूमि तनहुँको दमौलीलाई धार्मिक र सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा  विकास  गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वीराजमार्गमा पर्ने व्यास र पराशर गुफासहितको धार्मिक सांस्कृतिक  महत्वको दमौली क्षेत्रमा धार्मिक आस्थाका  पर्यटक आकर्षित गर्न सकिनेछ ।

त्यसका लागि व्यासको जन्मभूमि तथा पराशर ऋषिको तपोभूमि, शिरमा रहेको मानुङकोट तथा वरपरका प्राकृतिक,  सांस्कृतिक,  धार्मिक  स्थल रहेको यो क्षेत्रको प्रचारको हुनुपर्ने आवश्यकता  औल्याइएको छ । 

वेदव्यासले महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दावी र विभिन्न स्रोतले प्रमाणित गरेपनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेको व्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ बताउँनुहुन्छ । “व्यास जन्मिएको, पराशरले तपस्या गरेको ठाउँ आज संसारभर प्रख्यात हुनुपथ्र्यो, तर त्यसो हुन सकिरहेको छैन”, श्रेष्ठले भन्नुभयो, “जनस्तरबाट त प्रयास सुरु भयो, तर राष्ट्रियस्तरबाट हुन सकेको छैन ।”

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित कोषकै सक्रियतामा १०८ फिट अग्लो व्यासको मूर्ति बनाउन आवश्यक पूर्वाधार निर्माण थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजारमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ ।  

मन्त्रालयको समपुरक अनुदान रु तीन करोड ८० लाख १४ हजार छ । नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार लागत साझेदारी गरेको छ । पर्यटन मन्त्रालयबाट अहिलेसम्म रकम आएको छैन । सम्झौताको रकम नआएपछि भइरहेको कामको भुक्तानी दिन समस्या भएको कोषले जनाएको छ । 

दमौलीमा घुम्न लायक थुप्रै धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर यहाँ पर्यटकलाई अझै आकर्षित  गर्न सकिएको छैन । पर्यटकीय नगरी बन्दिपुरदेखि प्रदेशको राजधानी पोखरा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा घुम्ने वातावरण बनाउन नसकिएको स्थानीयवासी बताउँछन् । 

व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यासले चारवेद र अठार पुराणको रचना गरेको दावी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्न मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरु पुल तरेर मादी सेती नदीको सङगमस्थल पराशर क्षेत्र पुग्छन् । 

नजिकैको तनहुँ जलविद्युत आयोजनाले यस क्षेत्रमा आकर्षण थपेको छ । यस ठाउँ वरपर घुम्ने गन्तव्य धेरै छन्, जसले गर्दा एक दिन मात्र समय छुट्याएर आउनेहरुलाई यो समय अपुग हुन सक्छ । 

दमौली आसपास पर्यटक आकर्षित गर्ने पूर्वाधार थपिने क्रम जारी छ । व्यास–१० स्थित परेवाडाँडामा परेवाको र दुम्सीचौरमा दुम्सीको मूर्ति बनाइएको छ । यस ठाउँमा आन्तरिक पर्यटक आउने  निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । 

वडा कार्यालयको रु तीन लाख र स्थानीयवासीको सहयोग गरी एक लाख २० हजारतमा दुम्सीचौरमा दुम्सीको मूर्ति राखिएको छ । सार्वजनिक बिदा र शनिबारको दिन यहाँ सर्वसाधारण घुम्न आउने स्थानीय किशोर गुरुङले बताउनुभयो । टिकटकलाई भिडिओ बनाउन सर्वसाधारणको यहाँ भिड  लाग्छ ।  

दमौली बजार छर्लङ्ग देखिने मानुङकोट यहाँको पर्यटकीय गन्तव्यमध्ये प्रख्यात ठाउँ हो । कोभिड–१९ को बन्दाबन्दीमा यहाँ एकैदिन हजारौ पर्यटक पुगे । मानुङकोटबाट देखिने कुहिरो र नागबेली  परेर बग्ने मादी नदीको पृष्ठभूमिमा देखापर्ने हिमश्रृङ्खला यहाँको थप आकर्षण स्थल हो । 

विभिन्न शास्त्रीय प्रमाणले व्यासको जन्मभूमि दमौली भएको स्वीकार गरिसकेपनि प्रचारप्रसारको अभावमा यस क्षेत्र ओझेलमा परेको व्यासका अध्येता काशीनाथ न्यौपानेले बताउनुभयो । व्यासको भूमिलाई विश्वमाझ चिनाउन बेला–बेलामा कार्यक्रमहरु भइरहेपनि त्यसले मूर्त रुप पाउन नसकेको उहाँको गुनासो छ ।

“व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले बेला–बेलामा कार्यक्रमहरु भइरहेकै छन्”, न्यौपानेले भन्नुभयो । 

व्यासभूमिलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । विश्वका हिन्दुधर्मावलम्वी र ओमकार परिवारको मूल तीर्थस्थल वनाउने उद्देश्यले केही वर्ष अगाडि व्यासक्षेत्रमा १८ महिने अखण्ड हरिनाम सम्पन्न भयो ।

विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने सिलसिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रको बारेमा थप अध्ययन अनुसन्धान हुन थालेको न्यौपानेले बताउनुभयो । 

न्यौपाने अगाडी थप्नुहुन्छ, “ नरहरिनाथले धर्मसभामा महर्षि वेदव्यासको २८ औ अवतार दमौलीमा भएको भनेपछि यस क्षेत्रको बारेमा अध्ययन अनुसन्धान गर्न प्रेरणा मिल्यो । ” व्यास पराशर क्षेत्रको प्रवद्र्धनमा व्यास नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । व्यासको मूर्ति निर्माण  गर्न चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको छ ।

व्यासको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ किमि पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको मानिन्छ ।

माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छेकुण्ड रहेको बताइन्छ । योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी र र छाब्दीको सङ्गमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ मा दमौली क्षेत्रलाई र कुमारबहादुर जोशीले आफूले अन्तर्वार्ताका क्रममा मादी र सेतीको सङ्गम नै व्यास९कृष्ण द्वैपायन०को जन्मस्थल भएको पाएको उल्लेख गर्नुभएको छ ।रासस    

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal