तिज पर्व महिला सशक्तिकरण संग जोडिनुपर्छ ः एमाले सचिव अर्याल
वालिङ,८ भदौ– अखिल नेपाल महिला संघ वालिङ नगर कमिटीको आयोयजनामा जित विशेष कार्यक्रम वालिङ १ रामबाच्छामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालले तिज पर्व महिला शसक्तिकरण संग जोडिनुपर्ने बताउनुभएको छ । बिगतमा मनाईने तिज र आज मनाईने तिजको शैलिमा परिर्वतन आएको भन्दै आजका महिलाहरु तिज पर्वमा महिला अधिकार सुनिश्चिताका लागि आवाज उठाउनुपर्ने बताउनुभयो । प्रतिनिधि सभासदस्य समेत रहनुभएकी अर्यालले तिजको मौलिक परम्परालाई संरक्षण गर्दै सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको नेतृत्व हुनुपर्छ भन्ने अठोटका साथ महिलाहरु एकिकृत हुनुपर्ने बताउनुभयो ।

संविधानमा महिलाका हक सुनिश्चित गरिएकोे भन्दै संविधानमा उल्लेख गरिएको अधिकारलाई आम महिला दिदीबहिनीहरु माँझ पु¥याउन र कार्यान्वयनका लागि महिलाहरु सशक्तरुपमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य द्वोय सीता सुन्दास, सीमाकुमारी क्षेत्री, एमाले गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















