सञ्चालनमा आएन खुला कारागार

सिराज खान 

नेपालगञ्ज,८ भदौ– बाँकेको गनापुरस्थित देशकै पहिलो खुला कारागार अझै सञ्चालनमा आउन सकेको छैन। सो कारागार तीन वर्षअघि नै निर्माण सम्पन्न भएको हो। 

कारागार सञ्चालनका लागि कार्यविधि नबन्दा सञ्चालनमा आउन नसकेको कारागार कार्यालय बाँकेले जनाएको छ। गनापुरमा करिब ३७ कोठे खुला कारागार भवन तयार भएको छ। सो कारागारका जेलर अर्जुनजङ्ग शाहका अनुसार दुई तिहाइ कैद भुक्तान गरेकालाई राख्नका लागि देशकै पहिलो खुला कारागार निर्माण गरिएको हो। कारागार सञ्चालनका लागि कारागार विभागले कार्यविधि नबनाउँदा सञ्चालनमा समस्या आएको छ। 

कारागार विभागले केही समयअघि खुला कारागार सञ्चालन कार्यविधि २०७८ को मस्यौदा निर्माणका लागि सुझाव मागे पनि अझै कार्यविधि तयार भई नसकेको जनाइएको छ। 

गत वैशाखदेखि खुला कारागार सञ्चालनमा ल्याउने जानकारी आए पनि पाँच महिना बितिसक्दा पनि कुनै सुनुवाइ नै हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले अदालतसँग परामर्श लिएर ७५ प्रतिशत कैद भुक्तान गरेकालाई खुला कारागारमा राखिने बताउनुभयो। 

खुला कारागारमा बस्ने कैदीले दिनभर अन्यत्र काम गर्न पाउनेछन्।  कारागार सञ्चालन कार्यविधि मस्यौदामा उल्लेख गरिएअनुसार रात बिताउन भने कारागारमा नै आउनुपर्ने छ। यो एक किसिमको सुधार गृहजस्तै हुने अपेक्षा गरिएको छ। 

खुला कारागारका कैदीले बाहिर काम गर्न जाँदा वा फर्किंदा शान्तिसुरक्षाको जिम्मेवारी कसको हुने भन्ने कुरामा स्पष्ट कानुन बन्न सकेको छैन। सो विषयमा पनि सुझाव सङ्कलन गरिएको जनाइएको छ। 

बाँकेको जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी कोचाकोच गरेर राखिएका छन्। यता खुला कारागारको भवन निर्माण भएको तीन वर्ष बितिसकेको छ तर कार्यविधि नबन्दा कैदी राख्न सकिएको छैन।  

बाँकेमा २५० देखि ३०० जना कैदीबन्दी राख्ने क्षमता भएको जीर्ण भवनमा अहिले ७७३ जनालाई कोचाकोच गरी राखिएको छ।  खुला कारागार सञ्चालन भएपछि धेरै कैदीलाई त्यहाँबाट सार्न सकिने हुँदा सम्बद्ध अधिकारी कारागार छिटो सञ्चालन गर्ने पक्षमा रहेका छन्। 

सो विषयमा गृह मन्त्रालयअन्तर्गत कारागार विभागलाई पत्र लेखेर पठाइसकेको बाँके कारागारका प्रमुख शाहले बताउनुभयो। यहाँको नौबस्तामा एक हजार ५०० कैदीबन्दीलाई राख्ने क्षमताको क्षेत्रीय कारागार भवनसमेत निर्माण भइरहेको छ। 

सो क्षेत्रीय कारागार पनि निर्माणको अन्तिम चरणमा पुगेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। जिल्ला कारागारका धेरै कैदीबन्दीलाई त्यहाँ स्थानान्तरण गरिने हुँदो कैदी कोचाकोचको समस्या समाधान हुने आशा गरिएको छ।गोप

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal