जमिन उपयोग गर्नेमा धनकुटा पहिलो जिल्ला

कविराज घिमिरे

धनकुटा,९ साउन प्रदेश १ मा सबैभन्दा धेरै खेतीयोग्य जग्गाको उपयोग गर्ने जिल्लामा धनकुटा रहेको पाइएको छ । प्रदेश १ कृषि मन्त्रालयको तथ्यांक अनुसार धनकुटामा कूल खेतीयोग्य जग्गा ९८ प्रतिशत उपयोग गरेको छ भने सबैभन्दा कम भने ओखलढुंगाले ४०.४१ प्रतिशत मात्रै उपयोग गरिरहेको छ । 

धनकुटाका कूल ८९ हजार २ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा भने ४० हजार ७२३ हेक्टर क्षेत्रफल मात्रै छ । जसमा ३९ हजार ९१० हेक्टर क्षेत्रफलमा बालीनाली लगाइने गरेको छ । उता ओखलढुंगाको ५९ हजार ६३ हेक्टर क्षेत्रफल खेतीयोग्य रहेको भएपनि उपयोग भने २३ हजार ८७० हेक्टर मात्रै गरिएको छ ।

धनकुटापछि खेतीयोग्य जग्गा उपयोग गर्ने जिल्लामा सङ्खुवासभा रहेको छ । सङ्खुवासभाले कूल खेतीयोग्य जग्गा ३१ हजार ५९६ अर्थात ९६.८५ प्रतिशत जमिन उपयोग गरेको छ । यस्तै मोरङले ९२, उदयपुरले ९१.५९, भोजपुरले ९१.३९ प्रतिशत खेतीयोग्य जग्गाको उपयोग गरेका छन् । झापाले ९१.१७, सुनसरीले ९०.९५, इलामले ९०, सोलुखुम्बुले ८९.५८, पाँचथरले ८६.०७, ताप्लेजुङले ८१.६७ र तेह्रथुमले ८१.६२ प्रतिशत खेतीयोग्य जग्गा उपयोग गरेका छन् ।

प्रदेश १ मा रहेको कूल क्षेत्रफल २५ लाख ९० हजार ५ सय हेक्टरमध्ये खेतीयोग्य जग्गा मध्ये ३१ दशमलव ९१ अर्थात् ८ लाख २६ हजार ६४६ रहेको छ । उक्त खेतीयोग्य जग्गाको उपयोग भने ७ लाख १४ हजार ३८४ अर्थात् ८६ दशमलव ४२ प्रतिशत भएको तथ्यांकमा उल्लेख छ ।गोपअ

ताजा

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

माघे सङ्क्रान्तिमा सेतीवेणीमा भक्तजन

२०८१ माघ १ गते, मंगलवार

विरुवा गाउँपालिकामा जनतासँग जनप्रतिनिधी, जेष्ठ नागरिकलाई सम्मानमा

२०८१ माघ १ गते, मंगलवार

विरुवामा छातीरोग सम्बन्धी शिविर

२०८१ पुष २९ गते, सोमबार

भूमि समस्या समाधान आयाेग स्याङ्जाकाे अध्यक्षमा तारा शर्मा

२०८१ पुष २९ गते, सोमबार

प्रेस सेन्टर स्याङ्जाको अधिवेशन सम्पन्न, अध्यक्षमा केपी खनाल

२०८१ पुष २९ गते, सोमबार

हरिनास गाउँपालिकाद्वारा स्थानीय मदिराको ब्राण्डीङ संगै एकल पुरुषलाई भत्ता

२०८१ पुष २९ गते, सोमबार

एमाले वालिङद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८१ पुष २८ गते, आईतवार

‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’

२०८१ पुष २५ गते, बिहीबार

रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी

२०८१ पुष २५ गते, बिहीबार

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

२०८१ पुष २५ गते, बिहीबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal