ठगी आरोपमा कल सेन्टरका सञ्चालक पक्राउ, १५० युवायुवती प्रहरी नियन्त्रणमा
कपिल ज्ञवाली
रुपन्देही,८ साउन– रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा रहेको कल सेन्टरका सञ्चालकलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ। ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरका नौ जना सञ्चालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
सर्वसाधारणलाई ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालक पक्राउ गर्दै त्यहाँ कार्यरत १५० जना युवा युवतीलाई कार्यालयमै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले जानकारी दिनुभयो।
भारतीय र चिनियाँ नागरिकको समेत लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइल, ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको डीएसपी केसीको भनाइ छ।
अश्लील म्यासेज पठाउने, चिठ्ठा प¥यो भन्दै ठगी गर्ने कार्यमा संलग्न करिब १ सय ५० जनालाई कार्यालयभित्रै नियन्त्रणमा राखेको केसीको भनाइ छ।
अनुसन्धानका लागि प्रहरीले उक्त कार्यालय भएको भवनलाई नै शिल गरेको छ। तिलोत्तमा नगरपालिकाको वडा नम्बर २ जानकी नगरमा ४ तलाको घरमा तीन वटा फ्ल्याट भाडामा लिएर तीन सय जति कम्प्युटरसहित कार्यालय सञ्चालन हुँदै आएको थियो। पछिल्लो समय सर्वसाधारणलाई गलत सन्देश पठाएर तनाव दिने र ब्ल्याकमेलिङ गर्ने क्रम बढेपछि प्रहरीले आइतबार त्यहाँ छापा मारेको हो।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















