एकै दिन ४५७ जनामा सङ्क्रमण, एकको मृत्यु
काठमाण्डाै,२ साउन– नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार चार हजार ६५१ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ४५७ जनामा कोरोना पुष्टि भएको हो ।
जसमा दुई हजार ३४१ जनाको आरटी पीसीआर गर्दा ३८६ जनामा र दुई हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा सङ्क्रमण देखिएको छ ।
परीक्षण गरिएकामध्ये ९.८२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी १६३ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा १० र ललितपुरमा ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
२४ घण्टामा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ९८ हजार नौ सयजनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७७६ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
शून्य सङ्क्रमित भएका जिल्ला आठ छन् । काठमाडौंमा एक हजार १३, भक्तपुरमा २८,ललितपुरमा ९२ जना सक्रिय सङ्क्रिमत रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये एक हजार ७०१ जना होम आइसोलेसनमा, ७५ जना अस्पतालमा उपचाररत छन् । अस्पतालमा उपचाररत बिरामीमध्ये १५ जना आइसियू र एकजना भेन्टिलेटरमा छन् ।स्रोतः गोरखापत्र
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















