मानव अधिकार एलाइन्सको स्थापना दिवसको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
वालिङ,२९ असार– राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) स्थापना दिवसको अवसमा मानव अधिकार एलाइन्स स्याङ्जाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । एलाइन्सले वालिङ नगरपालिका ६ भरुवामा रहेको धनुबाँसे भरुवा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले मानव अधिकार एलाइन्सले स्थापना दिवसको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नु ज्यादै महत्वपूर्ण कार्य भएको बताउदै गुरुपूर्णीमाको दिनमा विद्यार्थीहरुलाई पढाई प्रति प्रेरणा जगाउने उद्देश्यले गरिएको कार्यक्रमले विद्यार्थीहरुको पठनपाठनमा हौसला प्रदान गर्ने बताउनुभयो ।
नगरप्रमुख खाँणले नगरपालिकाले शैक्षिक क्षेत्रमा आवश्यक्ता अनुसार सहयोग गर्ने बताउदै समग्र नगरको विकासमा सबैलाई समेटेर अगाडी बढ्ने बताउनुभयो । नगरप्रमुख खाँणले भन्नुभयो, “जनप्रतिनिधि भनेका जनताको सेवक हौं सोही अनुसारको ब्यवहार हुन्छ । यसमा कसैले संका मान्नुपर्ने आवस्था आउनेछैन ।” नगरप्रमुख खाँणले बालबालिकाहरुलाई राम्रो शैक्षिक वातावरण दिनुपर्ने बताउदै बाल उमेरमा स्मरण शक्ति पनि बढि हुनेभएकोले बालबालिकाहरुलाई सबैले राम्रो काममा लाग्न हौसला प्रदान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य उदय श्रेष्ठ, जिल्ला कमिटी सचिवालय सदस्य खगिसरा थापा, वडा नम्बर ६ का वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो । मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य नम्रता थापाका स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम जिल्ला अध्यक्ष आनन्द पाठकको अध्यक्षता र सचिव हिमलाल पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमा धनुबाँसे भरुवा आधारभूत विद्यालयमा विद्यालयमा अध्ययनरत १५ जना विद्यार्थीका साथै छिमेकी विद्यालयमा अध्ययनरत १० जना विद्यार्थी गरी २५ जना विद्यार्थीलाई कापी, पेन्सिल, कटर र इरेजर वितरण गरिएको मानव अधिकार एलाइन्स स्याङ्जाले जनाएको छ ।
कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाका साथै अभिभावहरुको सहभागिता रहेको थियो ।
यसै गरी मानव अधिकार यलाइन्स तनहुद्वारा स्थापना दिबसको अबसरमा जेष्ठ नागरिकहरुलाई सम्मन स्वरुप खाद्यान्न सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका ५ मा रहेको झरौटा जेष्ठ नागरिक सेवाकेन्द्रमा गरिएको कार्यक्रमा सस्थाका अध्यक्ष डा.चन्द्र बहादुर थापा प्रमुख अतिथि ,बिशिस्ट अतिथि शुक्लागण्डकी नगरपालिका नेकपा एमाले नगरकमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना रहनु भएको थियो । मानव अधिकार यलाइन्सको तनहु जिल्ला अध्यक्ष सरस्वती सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन एलाइन्सको उपाध्यक्ष सरस्वती पोख्रेलले गर्नु भएको थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
























