कृषकलाई हाते ट्याक्टर मर्मतले बनायो उत्साहित
वालिङ,२२ असार– हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम पाएपछि कृषकहरु उत्साहित भएकाछन् । अव वालिङका कृषकहरु आफैले गाँउमै हाते ट्याक्टर मर्मत गर्न सक्ने भएका हुन् ।
नगरपालिका सहत विभिन्न संघ सस्थाले प्रबिधि हस्तान्तरणको रुपमा हाते ट्याक्टर बितरण गरिरहेकाछन् । गाडी रिर्जभ गरेर गाँउ पुर्याईएका हाते ट्याक्टरहरुमा सानो समस्या आउदा फेरी गाडी रिजर्भ गरेर बजार पुर्याउनु पर्ने समस्या झेल्दै आएका वालिङका कृषकहरुले अव भने यो समस्याबाट मुत्ति पाउँने भएकाछन्
वालिङ नगरपालिकाका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरिए संगै कृषकहरुले गाँउमै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । वालिङ नगर भित्र मात्रै बिभिन्न निकायले बितरण गरेका दुई हजार भन्दा बढि हाते ट्याक्टर रहेकाछन् । जसको गाँउमा मर्मत हुन सके उत्पादनमा लागत कम पर्ने र कृषकहरुलाई पनि सहज हुने वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो ।
कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो । वालिङ नगरपालिकाले युएनडिपी, दियालो तथा ब्यवशायीक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको विशेष तालिम सञ्चालन गरेको हो ।
यसअघि गत महिना ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशाससकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । सबैको ध्यान ट्याक्टर बितरणमा मात्रै गयो मर्मत गर्न सक्ने जनशक्ति बनाउनमा गएन त्यसैले हामीले बितरण सँगै मर्मत गर्न सक्ने जनशक्ति तयार पार्न लागि परेकाहौं भट्टराईले भन्नुभयो । १४ वटै वडाबाट छानिएर आएका १५ जना ब्यवशायीक कृषकलाई एड्भान्स तालिम प्रदान गरिएको हो ।
तालिममा सहभागि भए पछि उत्साहित भएका वालिङ २ का कृषक नीर बहादुर सार्कीले भन्नुभयो मेरो घरमा दुई वटा खेत जोत्ने ट्याक्टर सामान्य समस्याले फालिएकाछन् अव आफै बनाएर प्रयोग गर्न सक्ने बनाउछु ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार





















