कृषकलाई हाते ट्याक्टर मर्मतले बनायो उत्साहित

वालिङ,२२ असार– हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम पाएपछि कृषकहरु उत्साहित भएकाछन् । अव वालिङका कृषकहरु आफैले गाँउमै हाते ट्याक्टर मर्मत गर्न सक्ने भएका हुन् ।

नगरपालिका सहत विभिन्न संघ सस्थाले प्रबिधि हस्तान्तरणको रुपमा हाते ट्याक्टर बितरण गरिरहेकाछन् । गाडी रिर्जभ गरेर गाँउ पुर्याईएका हाते ट्याक्टरहरुमा सानो समस्या आउदा फेरी गाडी रिजर्भ गरेर बजार पुर्याउनु पर्ने समस्या झेल्दै आएका वालिङका कृषकहरुले अव भने यो समस्याबाट मुत्ति पाउँने भएकाछन्

वालिङ नगरपालिकाका कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान गरिए संगै कृषकहरुले गाँउमै हाते ट्याक्टरको मर्मत गर्न सक्ने भएका हुन् । वालिङ नगर भित्र मात्रै बिभिन्न निकायले बितरण गरेका दुई हजार भन्दा बढि हाते ट्याक्टर रहेकाछन् । जसको गाँउमा मर्मत हुन सके उत्पादनमा लागत कम पर्ने र कृषकहरुलाई पनि सहज हुने वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो ।

कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो । वालिङ नगरपालिकाले युएनडिपी, दियालो तथा ब्यवशायीक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको विशेष तालिम सञ्चालन गरेको हो ।

यसअघि गत महिना ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशाससकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो । सबैको ध्यान ट्याक्टर बितरणमा मात्रै गयो मर्मत गर्न सक्ने जनशक्ति बनाउनमा गएन त्यसैले हामीले बितरण सँगै मर्मत गर्न सक्ने जनशक्ति तयार पार्न लागि परेकाहौं भट्टराईले भन्नुभयो । १४ वटै वडाबाट छानिएर आएका १५ जना ब्यवशायीक कृषकलाई एड्भान्स तालिम प्रदान गरिएको हो ।

तालिममा सहभागि भए पछि उत्साहित भएका वालिङ २ का कृषक नीर बहादुर सार्कीले भन्नुभयो मेरो घरमा दुई वटा खेत जोत्ने ट्याक्टर सामान्य समस्याले फालिएकाछन् अव आफै बनाएर प्रयोग गर्न सक्ने बनाउछु ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal