वालिङमा बालबालिकाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर
वालिङ,१० असार– वालिङ नगरपालिका ८ नम्बर वडा कार्यालयले वडा भित्र रहेका बालबालिकाहरुको लागि ३ दिने निशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी वितरण शिविर सञ्चालन गरेको छ ।
आज देखि सुरुभएको ५ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य परिक्षण कार्यक्रममा १ सय २५ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष दामोदर तिवारीले ससाना बालबालिकाहरुलाई वर्षादको समयमा उपचारको लागि बाहिर लैजना समस्या हुनेभएकोले वडा कार्यालयले वडा भित्र शिविर सञ्चालन गरेको बताउनुभयो । वडाको अन्य टोलहरुमा पनि शिविरलाई विस्तार गर्ने समेत तिवारीले बताउनुभयो । घर नजिकै बालबालिकाको स्वास्थ्य परिक्षण गर्न पाएपछि स्थानिय बासिन्दा समेत खुसि भएकाछन् ।
बालबालिकाको स्वास्थ्य परिक्षण गह्रौ अस्पतालका स्वास्थ्य कर्मीहरुले गरेका थिए । भने शनिबार काफल डाँडामा र आइतबार चिथाक भञ्ज्याङमा शिविर सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति स्याङ्जाकी सदस्य सरस्वती बगालेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा अध्यक्ष दामोदर तिवारीको सभापतित्वमा सम्पन्न भएको वडा कार्यालयकी कर्मचारी विना गैह्रेले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















