वालिङमा बालबालिकाहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण शिविर
वालिङ,१० असार– वालिङ नगरपालिका ८ नम्बर वडा कार्यालयले वडा भित्र रहेका बालबालिकाहरुको लागि ३ दिने निशुल्क स्वास्थ्य परिक्षणका साथै औषधी वितरण शिविर सञ्चालन गरेको छ ।
आज देखि सुरुभएको ५ वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य परिक्षण कार्यक्रममा १ सय २५ जना बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष दामोदर तिवारीले ससाना बालबालिकाहरुलाई वर्षादको समयमा उपचारको लागि बाहिर लैजना समस्या हुनेभएकोले वडा कार्यालयले वडा भित्र शिविर सञ्चालन गरेको बताउनुभयो । वडाको अन्य टोलहरुमा पनि शिविरलाई विस्तार गर्ने समेत तिवारीले बताउनुभयो । घर नजिकै बालबालिकाको स्वास्थ्य परिक्षण गर्न पाएपछि स्थानिय बासिन्दा समेत खुसि भएकाछन् ।
बालबालिकाको स्वास्थ्य परिक्षण गह्रौ अस्पतालका स्वास्थ्य कर्मीहरुले गरेका थिए । भने शनिबार काफल डाँडामा र आइतबार चिथाक भञ्ज्याङमा शिविर सञ्चालन हुने वडा कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति स्याङ्जाकी सदस्य सरस्वती बगालेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम वडा अध्यक्ष दामोदर तिवारीको सभापतित्वमा सम्पन्न भएको वडा कार्यालयकी कर्मचारी विना गैह्रेले जानकारी दिनुभयो ।
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















