गल्याङ नगरपालिकाको बजेट ८२ करोड ५६ लाख

वालिङ,१३ असार– गल्याङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि ८२ करोड ५६ लाख ४२ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख हेमा न्यौपानेले ११ औँ नगरसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थलाई विशेष जोड दिइएको छ ।

शिक्षा तर्फ गरिब बिपन्न जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति दिनुका साथै शिक्षकहरुको दक्षता अभिबृदिका लागि तालिमको ब्यवस्था मिलाउने उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरुमा इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती गर्न बजेट बिनियोजन गरिएको छ । स्वास्थ्य, कृषि, पर्यटनका साथै जेष्ठ नगरिक तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरी एम्बुलेन्स, योगा तथा प्राकृतिक अस्पताल निर्माण, विभिन्न ठाँउमा शहरि स्वास्थ इकाइ स्थापना गर्ने समेत बजेटमा उल्लेख गरिएको छ ।

कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि पेसालाई वैज्ञानिक रुपमा ब्यावस्थापन गरि कृषिको ब्यावसायीकरणमा जोड दिइएको छ । बजेटले पूर्वाधार तथा पर्यटकीय क्षेत्र, खानेपानीका साथै भौतिक पूर्वाधारका क्षेत्रको विस्तार र विकास गर्ने लक्ष्य लिएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal