रासायनिक मलको अभाव, बढ्दो महङ्गी विरुद्ध रामपुरमा विरोधसभा

रामपुर,२६ जेठ– रासायनिक मलको अभाव संगै बढ्दो महङ्गी विरुद्ध रामपुरमा बिहीबार किसानहरुले आन्दोलन गरेका छन् । अखिल नेपाल किसान महासंघ रामपुर नगर कमिटीको आयोजनामा सरकारले सधै किसान तथा सर्वसाधारण नागरिकलाई मलको अभावका साथै महङ्गी बढाएर मारमा पारेको भन्दै किसानहरु आन्दोलीत भएकाहुन् ।
नेपाल व्यवसायिक बाख्रापालन महासंघका उपाध्यक्ष सूर्य प्रसाद रेग्मीले किसानलाई आश्यकता पर्दा मलको अभाव हुन कृषि प्रधान देशमा लाजमर्दो कुरा भएको बताउनु भयो । कार्यक्रममा अखिल नेपाल महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले किसानलाई समयमा मल विउ उपलब्ध गराउन नसक्ने कृषि मन्त्रीले तत्कालै राजिनामा दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा रामपुर नगर ईन्चार्ज राजेन्द्र प्रसाद लम्सालले अहिलेको गठवन्धन सरकारले कुनै पनि काम जनताको पक्षमा नगरेको बताउनुभयो । विरोध सभामा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, किसानलाई आवश्यक पर्ने गुणस्तरीय मल, विउको सहज आपुर्ति गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बेंझाड बजार परिक्रमा गरेका थिए । किसानहरुको टोलिले इलाका प्रशासन कार्यालय रामपुरमा पुगेर ११९ बुदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । किसानहरुले इलाका प्रशासन कार्यालय रामपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत पठाएकाछन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal