जनप्रतिनिधी शासन गर्न होइन सेवा गर्नका लागि हो: नगर प्रमुख खाँण


गोपाल जिटी वालिङ,२० जेठ- वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले जन प्रतिनिधीहरु शासन गर्नका लागि नभइ सेवा गर्नका लागि जनताले चुनेको बताउनु भएको छ । वालिङ हस्पिटल प्रा. लि.द्वारा शुक्रबार आयोजित नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख खाँणले जन प्रतिनिधीहरु शासन गर्न नभएर, सेवाका लागि जनताले चुनेको बताउनु भएको हो । उहाँले जनताहरु मालिक र जनप्रतिनिधीहरुले सेवा गर्ने भरिया हौं भन्ने सोंच राख्नुपर्ने व्यक्त भनाइ ब्याक्त गर्नुभयाे । विचार, सोंच र व्यवहारमा स्वस्थ रहनका लागि हामीले आँफ्नो स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनुपर्ने प्रमुख खाँणले उल्लेख गर्नुभयो ।
नगरप्रमुख खाँणले भन्नुभयो “हामी जुनसुकै पार्टीबाट उम्मेदवारी दिएर चुनिएका भएपनि नगरवासीको साझा सेवक भएर काम गर्नुपर्छ । यसका साथै व्यक्तिगत जीवन र पार्टीभन्दा माथि उठेर सेवामा लाग्नुपर्छ, नवनिर्वाचित साथीहरुलाई सेवककारुपमा काम गर्न आग्रह गर्दछु ” ।
कार्यक्रममा गह्रौं प्राथमिक अस्पताल वालिङका प्रमुख डा. विनोद पौडेल, ९ नम्वर वडा अध्यक्ष अमृत श्रेष्ठ, ११ नं. वडा अध्यक्ष डण्डु पँगेनी लगायतले निजी लगानीमा हस्पिटल सञ्चालनमा ल्याएर स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै थप सेवा विस्तारका लागि सहयोग गर्ने प्रतिवद्धता ब्याक्त गर्नुभएकाे थियाे।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख तथा उप प्रमुखसँगै १४ वटै वडाका अध्यक्षहरुलाई स्वागत, सम्मानका साथै बधाई ज्ञापन गरिएको थियो ।
२०७५ सालदेखि ३ करोडको लगानीमा सञ्चालनमा ल्याइएको वालिङ हस्पिटलमा ९७ जना शेयर सदस्य रहेका छन् ।
हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रम शेयर सदस्य हेमप्रसाद गैह्रेको स्वागत र प्रचार प्रसार संयोजक ताराप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

ताजा

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal