पूर्व मन्त्री अर्यालद्वारा पुलको शिलान्यास

वालिङ,१७ वालिङ – वालिङ र भीरकोट जोडने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वालिङ र भीरकोट नगरपालिका जोडने सिरबाने, सिम्ले, अँधेरी खोला झोलुंगे पुलको संघिय सांसद तथा पूर्व मन्त्री पदमा अर्यालले मंगलबार शिलन्यास गर्नुभएको हो ।

पुल बनेपछि भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, शिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी लाभान्वित हुने भएका छन । उक्त पुल बनेपछि विशेषगरी विद्यार्थीहरुलाई सुविधा हुने भएको छ । । उक्त स्थानका विद्यार्थीहरुले दुई घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागि आउनुपर्ने बाध्यता छ । भीरकोट ९ काभ्रेका लिलाबल्लब रेग्मीले भन्नुभयो, ‘नगरपालिका भीरकोट भएपनि हामी पहिला गाविस कालिकाकोटको एउटै वासिन्दा थियौँ पछि संघिय संरचनासंगै गाविसका केहि वडा भीरकोट र केहि वडा वालिङमा आयौँ । तर हामीलाई नुन तेललगायत बजारका लागि वालिङको डुम्रेभञ्याङ नै पायक पर्छ ।

अहिले यो पुल शिलान्यास भएपछि विद्यार्थी लगायत हामी प्रत्यक्ष लाभान्वित हुनेछौँ ।’ उहाँका अनुसार झोलुंगे पुल निर्माणपछि मोटरसाईकल समेत वारीपारी गर्न सहज हुनेछ भने स्थानीय बासिन्दालाई निकै सहज हुनेछ । वालिङ १४ सिम्लेका यामबहादुर थापाले भन्नुभयो, ‘वनको बाटो, निकै पहरा, वनको खोल्सा जस्ता भौगोलिक विकटता छ । विद्यार्थी भाईवहिनीले निकै संर्घषका साथ प्लस टु पढन वारी अर्थात डुम्रेभञ्याङ आउँछन । अव यो पुल बनेपछि विद्यार्थीहरुलाई सुरक्षाका दृष्टिकोणले पनि सुरक्षित हुन्छन भने पर्यटकीय दृष्टिकोणले समते महत्वपुर्ण रहेको छ ।’ जनसेवा माविका प्रअ अन्नतराज अर्यालका अनुसार निकै लामो बाटो हुँदै पढन आउने विद्यार्थी उक्त पुल निर्माण भएपछि विद्यालय आउँन थोरै समय छुट्टयाएपनि पुग्छ । विद्यालय आउजाउ गर्ने समय छोटो भएपछि अध्ययनमा समेत लगाव बढनेछ । जनसेवा माविकै अर्का शिक्षक रेशम डुम्रेका अनुसार उक्त पुल निर्माणभएपछि दैनिक २०० जना नागरिक वारपार गर्नेछन।

पुलको शिलन्यास गर्नुहुँदै पुर्व मन्त्री अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । आफु मन्त्रालयमा हुँदा उक्त पुललाई प्राथामिकतामा राखेर दुई पटक सम्म सर्वे गरेर फाईनल गरेको भन्दै ठेकेदारको ढिलासुस्तीका कारण पुलनिर्माण कार्य बल्ल काम शुरु भएको बताउनुभयो ।

पुल निर्माणका लागि बिएलटि कन्र्टक्सन प्राईभेट लिमिटेडले २०७७ मा ७० लाखमा ठेक्का सम्झौता गरे पनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी शुरु गरेको हो । उक्त पुल यही मंसिर सम्म सम्पन्न गर्ने म्याद रहेको छ । पुल २५० मिटर लामो हुनेछ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal