इतिहास रच्दै बालेन्द्र साह बने काठमाडौंका मेयर

काठमाडौँ,१३ जेठ– काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह निर्वाचित हुनुभएको छ । साहले ६१७६७ मत ल्याएर विजयी हुनुभएको हो । साहका प्रतिद्वोन्दी नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई भारी भतले पछि पार्दै काठमाडौं महानगर पालिकामा स्वतन्त्रबाट उम्मेदवार बनेर विजयी हुनुभएको हो ।

दोस्रो स्थानमा रहनुभएकी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी सिर्जना सिंहले ३८३४१ भोट प्राप्त गर्नुभएको छ भने एमालेका उम्मेदवार केशव स्थापित ३८११७ मतका साथ तेस्रो स्थानमा रहनभएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा विजयी बालेन्द्र साह यापर तथा स्ट्रक्चरल इन्जिनियर समेत हुनुहुन्छ ।

महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन (बालेन्द्र साह) ले बलियो जनसंगठन भएका कांग्रेस र एमालेका उम्मेदवारहरूलाई हराउँदै मेयरमा विजयी हुन सफल हुनुभएको हो ।

‘स्ट्रक्चरल इञ्जीनियर’ नगरपिता 
नव निर्वाचित  कामपा प्रमुख साहले  ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जीनियरिङमामा स्नातक र भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जीनियरिङमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको छ । 

पछिल्लो समय उहाँ ‘¥यापर’का रूपमा पनि परिचित हुनुहुन्छ । हाल उहाँ काठमाडौँको वडा नं ९ गौरीगाउँमा बसोबास गर्दै आउनुभएको छ । कामपा प्रमुख साहले पूर्वाधार, बाटो, विद्यालय, अस्पताल व्यवस्थापनदेखि शिक्षा सुधार र फोहर व्यवस्थापनबाटै नगरका कामको थालनी गर्ने जानकारी दिनुभयो । 

साथै भौतिक पूर्वाधार निर्माणको योजनासँगै काठमाडौँको सडकका खाल्डाखुल्डी पनि तत्काल पुर्ने कम सुरुआती चरणमा गर्ने उहाँको भनाइ छ । यसअघि जडान भएको सिसीटिभीलाई मर्मतसम्भार गर्दै सहरी सुरक्षाको लागि तत्काल १० हजार सिसीटिभी जडान गर्ने पनि उहाँको तत्काल सुरुआती काम पर्ने छ । 

उहाँले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने  भनाइ छ ।

ताजा

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal