वालिङमा ब्युटिसियन तालीम सुरु


वालिङ,९ वैशाख– धवलागीरी प्राविधिक शिक्षालय लेते मुस्ताङको आयोजना र वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग एवं आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ १३ को समन्वयमा बिहीबार देखि वालिङ नगरपालिका १० बर्तुङमा ब्युटिसियन तालीम सुरु गरिएको छ ।

सिपयुक्त जनता समृद्ध नेपाल भन्ने नारालाई आत्मसात गर्दै बेरोजगार महिलाहरुलाई सोरोजगार बनाउने योजना अनुसार १ सय ८० घण्टे ब्युटिसियन तालीम सञ्चालन गरिएको हो ।

तालीमको उद्घाटन समारोहमा बोल्दै आँधिखोला बहुप्राविधिक शिक्षालयका प्रमुख ई. शरद कोइरालाले तालीमले बेरोजगार महिला दिदीबहिनीहरुलाई उद्यमी बन्न सहयोग पुर्याउने बताउनुभयो । तालीममा सहभागि भएर सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने भएकोले यस तर्फ ध्यान दिन समेत प्रमुख कोइरालाले आग्रह गर्नुभयो ।

तालीमको उद्घाटन स्थानीय समाजसेवी देविलाल सुवेदीले गर्नुभएको थियो उद्घाटन समारोहमा मञ्जु केसी, दिपक सुवेदी, प्रशिक्षक दुर्गा थापा लगायतले बोल्नुभएको थियो भने आँधिखोला बहुप्राविधिक शिक्षालयका लेखापाल अशोक गैह्रेको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमक आँधिखोला बहुप्राविधिक शिक्षालयका कर्मचारी टीका भट्टराईको सञ्चालन गर्नुभएको थियो । तालीममा २० जना महिलाको सहभागिता रहेको छ ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal