स्थानीय उत्पादनको बजारीकरण, अब ‘कोसेली घरबाट’


वालिङ,३ वैशाख– स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुहरुको प्रचार प्रसार तथा बजारीकरणमा सहयोग गर्ने उद्देश्यले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने योजनासहित नीति तथा कार्यक्रम बनाईएको उहाँले बताउनुभयो । “स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गरी निर्माण गरिएका तानका कपडा, स्वीटर, गरगहना, उपहार, अन्य हस्तकलाका सामग्रीहरु कोसेली घरमा राखेका छौं” उहाँले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसार हुनुकासाथै बजारीकरणकालागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वासमा छौं ।”

वालिङ नगरपालिकाभित्र उद्यमशीलताको विकास गर्ने क्रममा खाद्य तथा तरकारी र मासुजन्य उत्पादनलाई ब्यवस्थित गर्नकालागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई जिम्मा दिईएको छ । सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी सामग्री उत्पादनमा जोड दिन नगरपालिकाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो । “नगरभित्रका विभिन्न ठाउँमा सामूहिक वा ब्यक्तिगतरुपमा स्थानीय स्रोत र साधनको उपयोग गरी हस्तकलाका सामग्रीहरु उत्पादन र ब्यवसायीकरणमा जोड दिएका छौं” उहाँले भन्नुभयो, “सामूहिक वा ब्यक्तिगतरुपमा उत्पादन भएका सामग्रीहरुको प्रचार प्रसार र बजारीकरणमा ध्यान दिंदै नगरपालिकाले कोसेली घर निर्माण गरी सञ्चालनमा ल्याएको हो ।”

विशेष गरी नगरपालिका सामग्री उत्पादन गर्ने उत्पादक र उपभोग गर्ने उपभोक्ताबीचमा समन्वयकारी भूमिकामा रहेको छ । पारदर्शी सिसाबाट निर्मित कोसेली घरमा उत्पादन गर्ने संस्था वा ब्यक्तिको नाम, सम्पर्क नं., वस्तुको मुल्य देखिने गरी राखिएको छ । उत्पादक र उपभोक्ताबीचमा समन्वयकारी भूमिका खेलेर नगरपालिकाले दुई पक्षलाई जोडिदिने काम गरेको स्वस्तिका बैदिक हस्तकला उद्योगकी सञ्चालक दुर्गा न्यौपाने बताउनुहुन्छ । “आँफूजस्तै अन्य उत्पादकहरुले उत्पादन गरेको सामग्री कोसेली घरमा राखेर नगरपालिकाले प्रचार प्रसारसँगै बजारीकरणकालागि निक्कै राम्रो काम गरेको छ” ब्यवसायी न्यौपानेले भन्नुभयो, “यस कार्यले आगामी दिनमा अझै नयाँ नयाँ सामग्रीहरु उत्पादन गर्नतर्फ उर्जा मिलेको छ ।”

नगरपालिकाभित्रका विभिन्न ठाउँबाट तथा अन्यत्रबाट नगरपालिकाको भ्रमणमा आउनेहरुले नगरपालिका परिसरमा निर्माण गरिएको कोसेली घरमा राखिएका सामग्रीहरुको अवलोकन गर्ने र मन परेका सामग्रीहरु खरिद गरेर लैजाने गरेका छन् ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal